RUMPUM
animated ellipse animated ellipse

‘बेन्च प्रेस’ प्रतियोगिता शुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ बैशाख २०७४, सोमबार १६:२१
3
Shares
पथरी, ११ बैशाख । मोरङको पथरीशनिश्चरे–१ स्थित पथरी फिट्नेश क्लबले ‘बेन्च प्रेस’ प्रतियोगिता आयोजना गरेको छ ।
आजदेखि शुरु भएकोे प्रतियोगितामा सहभागी २२ जनालाई ‘क’, ‘ख’ र ‘ग’ गरी तीन भागमा विभाजन गरिएको थियो । ‘क’ का श्याम राई १ सय १० केजीलाई ९ बेन्च प्रेश गरी प्रथम स्थान हासिल गर्न सफल भए । ‘ख’ का ओम राईले ८५ केजीलाई सहजै रुपमा बेन्च प्रेस गरी विपक्षीलाई हराउँदै विजेता बने भने ‘ग’ मा भने विजय मगर (सिमसन)ले ६० केजीलाई बेन्च प्रेस गरी आफ्नो जित सुनिश्चित गरेका थिए ।
विजेताहरुलाई बाबुराम लिम्बु र तेजपाल लिम्बुले ट्रफी र नगद प्रदान गरेका थिए । नगद प्रायोजक बाबुराम लिम्बु र तेजपाल लिम्बुले गरेका थिए भने ट्रफी क्लबका प्रोपाइटर गणेश नेपालीले गरेका थिए ।
यसैगरी ज्यामेट टेसनमा शुप्देव राईले १ सय ४० केजी बेन्च प्रेस गरी दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए । कार्यक्रममा मनोरञ्जनका लागि दर्शकहरुको घुइँचो लागेको थियो । दुई महिनाअघिदेखि पथरी फिटनेश क्लब सञ्चालनमा आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर