पूर्वाञ्चल खबर
आज सम्पन्न निर्वाचनको अन्तिम मत परिणामअनुसार खतिवडा ७३ मत प्राप्त गरी विजयी भएका हुन्। उनका प्रतिस्पर्धी धनकुमारी थापा (चिना)ले ३१ मत प्राप्त गरिन्।
निर्वाचनमा कुल १०४ मत खसेको थियो। सहकारीको अध्यक्षबाहेक अन्य सबै पदहरूमा भने निर्विरोध (सर्वसम्मत) चयन भएको छ।
जसअनुसार उपाध्यक्षमा नेत्रप्रसाद अधिकारी, सचिवमा बाबुराम भण्डारी र कोषाध्यक्षमा तारा आचार्य सर्वसम्मत चयन भएका छन्। त्यस्तै, सञ्चालक समितिका सदस्यहरूमा भोजराज घिमिरे, राजेश राजवंशी, दीपककुमार खड्का, पदमकुमार सरदार र उषाकुमारी सरदार चयन भएका छन्।
यसैगरी, लेखा सुपरीवेक्षण समितिको संयोजकमा अविनाशकुमार निधि तथा सदस्यहरूमा पुष्पराज थपलिया र हरि अधिकारी सर्वसम्मत चयन भएका छन्।