पूर्वाञ्चल खबर
प्रहरीको गोली लागेर दुई जना भारतीय नागरिक घाइते भएका छन् । घाइते भएकाहरुबाट हतियार र लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) बरामद भएको छ ।
झडपपछि दुई भारतीयसहित तीन जना कारोबारी पक्राउ परेका हुन् ।
तस्कर समूहलाई घेरा हाल्ने क्रममा भएको फायरिङमा एक जना प्रहरी जवानसमेत घाइते भएका छन् । प्रहरीले उनीहरूको साथबाट आधा किलो खैरो हेरोइन, एक थान पेस्तोल र ओसारपसारमा प्रयोग गरिएको मोटरसाइकल बरामद गरेको छ ।
सीमापारिबाट हतियारसहित ठूलो परिमाणमा लागूऔषध भित्रिँदै गरेको विशेष सूचनाका आधारमा ब्यूरोको टोली रतुवामाई पुगेको थियो । पक्राउ परेको यो संगठित समूहले पूर्वी सीमा क्षेत्रलाई ट्रान्जिट बनाएर हतियारको आडमा लागूऔषधको अवैध धन्दा चलाउँदै आएको प्रारम्भिक अनुमान छ ।
घाइते प्रहरीको उपचार भइरहेको छ भने पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।