पूर्वाञ्चल खबर
शुक्रबार घरबाट स्कुटर लिएर निस्किएका ५१ वर्षीय खत्रीको शव शनिबार अपराह्न करिब साढे ३ बजे जंगलको बीचमा रहेको रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो।
विराटनगर महानगरपालिका–३ का खत्रीको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीले शव फेला पारेको मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए ।
एसपी कटवालका अनुसार खत्री शुक्रबार दिउँसो करिब १ बजे घरबाट स्कुटर लिएर निस्किएका थिए । परिवारका सदस्यले दिएको जानकारीअनुसार उनी घरबाट निस्किएपछि सम्पर्कमा आएका थिएनन् । शनिबार अपराह्न करिब साढे ३ बजे जंगलमा शव फेला परे पनि परिवारका सदस्यले पहिचान गरेपछि साँझ करिब ७ बजे मात्रै मृतकको सनाखत भएको थियो ।
खत्रीले प्रयोग गरेको स्कुटर भने हालसम्म फेला परेको छैन । घटनाको कारण खुल्न नसकेको र विभिन्न कोणबाट सूक्ष्म अनुसन्धान भइरहेको एसपी कटवालले बताए ।