RUMPUM
animated ellipse animated ellipse

ग्रेडेड स्कुलमा चाडपर्व शुभकामना कार्यक्रम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ आश्विन २०८३, बिहीबार १७:५३
3
Shares
विराटनगर / विराटनगर–८ मा रहेको ग्रेडेड इङ्लिस मिडियम सेकेण्डरी स्कुलमा नेपालीहरूको महान् चाडपर्वहरू बडादशैं, तिहार, छठ तथा नेपाल संवत् ११४७ को पावन अवसरमा चाडपर्व शुभकामना कार्यक्रम आयोजना गरिएको छ।

नेपाली कला, संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विद्यालय परिवारले आपसी सद्भाव, भाइचारा, एकता र सामाजिक सहिष्णुताको सन्देश प्रवाह गरेको थियो।

कार्यक्रममा विद्यालयका शिक्षक–कर्मचारी, विद्यार्थी तथा विद्यालय परिवारका सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रममा नेपाली चाडपर्वहरूको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्त्वमाथि प्रकाश पार्दै यस्ता पर्वहरूले परिवार, समाज र समुदायबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विचार व्यक्त गरियो।

यस अवसरमा विद्यालयका तर्फबाट सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक–कर्मचारी, शुभचिन्तक तथा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरिएको थियो।

विद्यालयले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा नेपाली संस्कृति र परम्पराप्रति सम्मानको भावना विकास गर्नुका साथै आपसी एकता, सद्भाव र सांस्कृतिक चेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर