AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

एमालेको चुनावी प्रचार अभियान तीव्रः घरदैलो कार्यक्रममा जनताको उत्साहजनक सहभागिता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ बैशाख २०७९, सोमबार १९:१४
522
Shares
विराटनगर / नेकपा एमाले मोरङले वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचन प्रचार अभियानलाई जिल्लाका १७ वटै पालिकामा तीब्र बनाएको छ ।

‘सुशासन, समृद्धि र समाजवादको आधार, पालिका–पालिकमा एमालेको सरकार’ भन्ने मूल नाराका साथ प्रचार अभियानमा जुटेका एमाले उम्मेदवारहरू यतिबेला मतदाताबीच पुगेका छन् ।

यसै सन्दर्भमा विराटनगरका मेयर र उपमेयरका प्रत्यासी सागर थापा र शील्पा कार्कीले आज महानगरका ३ र ११ वडामा आयोजित ‘घरदैलो’ कार्यक्रममा सहभागी भए ।

घरदैलो गर्ने सन्दर्भमा एमालेप्रति जनताको अपार स्नेह रहेको बताउँदै मेयरका उमेद्वार थापाले नगरपालिकाले प्रदान गर्नुपर्ने आधारभूत तहकै सेवा सुविधा पाउन नसकिरहेको जनगुनासो गरेको बताए ।

थापाले वडा नं. ११ स्थित उदयमार्गका डुवानपीडित जनताले उठाएका समस्याहरूको सुनुवाई गर्दै आफूले महानगरको नेत्रृत्व प्राप्त गरेपछि ती समस्याको उचित सम्वोधन गर्ने प्रतिवद्धता जाहेर गरे ।

स्मरणीय छ, सो ठाउँका स्थानीयवासी तथा डुवान विस्थापितहरू व्यानर टाँगेरै समस्या समाधानको प्रतिवद्धता खोजिरहेका छन् ।

वडा ३ र ११ का विभिन्न ठाउँका जनताका गुनासोहरू सुन्दै मेयर तथा उपमेयरका उम्मेदवारहरूले वडा नं. १५ का विभिन्न टोलको घरदैलोमा जनताका भावनाहरू बुझ्दै आपूmहरूलाई मतदानका लागि आह्वान गरे ।
मेयरका उम्मेदवार थापाले आजै विराटनगर १५ मा सम्पर्क कार्यालयको शुभारम्भ गरे ।

उपमेयरका उम्मेदवार शील्पा कार्की समेतको सहभागितामा भएको घरदैलो कार्यक्रममा जनताको उत्साहजनक सहभागिता रहेको थियो । उम्मेदवारहरूले सुशासन, समृद्धि, विकास निर्माण लगायतका शिक्षा, स्वास्थ्य, खेलकूद, खानेपानी लागयत क्षेत्रमा क्षेत्रगत आवश्यकताका आधारमा सन्तुलित विकास गर्ने प्रतिवद्धता प्रकट गरे ।

त्यसैगरी महानगरपालिकाका सबैवडामा चुनावी प्रचार अभियान सघनरुपमा सञ्चालन भइरहेको छ । कतिपय वडामा आज विहान आएको वर्षाद्का कारण केही समय प्रचार कार्यक्रम रोकिए पनि दिउँसोबाट सुचारु भएको जनाइएको छ ।

जनताको उत्साहजनक सहभागितामा भइरहेको घरदैलो कार्यक्रमका सहभागीहरूलाई जनताको सकारात्मक प्रतिक्रिया रहेको वडा नं. १.का पार्टी अध्यक्ष लोकवहादुर बस्नेतले जानकारी दिए । आज धर्मशाला र सुनामी टोलमा घरदैलो कार्यक्रम सम्पन्न गरिएको छ ।
त्यसैगरी वडा नं. ४ का अध्यक्ष जीतन थापाका अनुसार वडामा पार्टीको प्रचार अभियान सम्पन्न भएको छ । कूल १०७५१ मतदाता रहेको सो वडामा एमालेको अवस्था उत्साहजन रहेको प्रतिक्रिया दिए ।

वडा नं. ५ मा पनि घरदैलो कार्यक्रम तीव्रताका साथ भइरहेको छ । पार्टी वडाध्यक्ष सुनिलकुमार श्रेष्ठका अनुसार वृहत् जनसहभागितमा घरदैलो कार्यक्रम जारी रहेको छ ।

वडा नं. ६ का वडाध्यक्ष दिनेश कामतका अनुसार प्रचार अभियान सञ्चालन भइहरेको छ । कोणसभाको तयारी भइरहेको छ । यस अघि अन्यपार्टीको पकड रहेको आफ्नो वडामा यस पटक नेकपा एमाले पहिलो पार्टी हुने दावी कामतले गर्नुभयो । त्यस वडामा मतदाता सङ्ख्या १०५०६ रहेको छ ।

वडा नं. ७ मा पनि एमालेको चुनावी अभियान तीब्ररुपमा भइरहेको छ । आज सरस्वतीटोल, मालअड्डा लगायतका क्षेत्रमा घरदैलो सम्पन्न भएको छ । भोलिबाट बाजार क्षेत्र प्रवेश गर्न योजना रहेको पार्टी अध्यक्ष मनोज पौड्यालले जानकारी दिनुभयो । यस वडामा ५१३२ मतदाता रहेका छन् ।

उता वडा नं. ८ मा पनि घरदैलो कार्यक्रम सम्पन्न भएको छ । कूल ८००८ मतदाता रहेको यस वडामा एमालेप्रति जनताको उत्साहजनक समर्थन भएकाले यसपटक निर्वाचन जित्ने कुरामा वडाअध्यक्षका उम्मेदवार राम पोखरेलको दावी रहेको छ । यस वडाका जनताले बाटो निर्माणको अपेक्षालाई प्राथमिकतामा राखेकोले एमालेले जितेपछि उचित सम्वोधन हुने उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर