AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कार पत्रकार अधिकारीलाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ माघ २०८२, बिहीबार १८:०६
81
Shares
विराटनगर / प्रेस चौतारी मोरङले कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कार पत्रकार सुरेश अधिकारीलाई प्रदान गरेको छ ।

प्रेस चौतारी नेपालको २८ औं स्थापना दिवसका अवसरमा हरेक वर्ष वितरण हुँदै आएको सो पुरस्कारबाट लेटाङमा रहेर पत्रकारिता गर्दै आएका अधिकारीलाई पुरस्कृत गरिएको हो । पत्रकार अधिकारीलाई कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणी पराजुलीले सम्मानित गरे।

पुरस्कारको राशी १७ हजार रुपैया रहेको छ । पत्रकार अधिकारीलाई पुरस्कृत गर्दै मन्त्री पराजुलीले संविधानको रक्षा र लोकतन्त्रको रक्षाका निम्ति पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहने चर्चा गरे। उनले प्रदेश सरकारले पनि पत्रकार महासंघसँगको सहकार्यमा पत्रकारिता क्षेत्रको उनन्नयका लागि गम्भिरतापूर्वक लागेको बताए। पुरस्कार वितरण कार्यक्रममा प्रेस चौतारी नेपालका संस्थापक उपाध्यक्ष यज्ञ शर्मा, केन्द्रीय सचिव विक्रम लुइँटेल, मोरङ इन्चार्ज सुमन सुस्केरा, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारी, प्रेस चौतारी मोरङ अध्यक्ष चीना थापा लगायतले बोले।

विराटनगरका व्यवसायी कृष्णप्रसाद सिग्देलको स्मृतिमा प्रेस चौतारी मोरङले २०७१ सालमा स्थापना गरेको सो पुरस्कार हरेक वर्ष माघ २२ गते वितरण हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर