विराटनगर / विराटनगरको कञ्चनबारीमा रोयल अनलिमिटेड बफेट एण्ड गेस्ट हाउस सञ्चालनमा आएको छ। तीन जना युवाको संयुक्त लगानीमा आजदेखि सञ्चालनमा आएको बफेटमा ३० भन्दा बढी प्रकारका खानाका परिकार उपलब्ध हुने सञ्चालकले बताएका छन्।
बफेटमा ७९९ रुपैयाँमै ३० भन्दा बढी प्रकारका खानाका परिकारको स्वाद लिन सकिने सञ्चालक पप्पु अन्सारीले जानकारी दिए। ग्राहकलाई एउटै स्थानमा विभिन्न स्वादका परिकार उपलब्ध गराउने उद्देश्यले बफेट सञ्चालनमा ल्याइएको उनले बताए। करिब ५० लाख रुपैयाँभन्दा बढी लगानीमा सञ्चालनमा आएको बफेटमा श्याम तिम्सिना, रञ्जनकुमार शाही र पप्पु अन्सारीको लगानी रहेको छ।
रोयल बफेट एण्ड गेस्ट हाउस सञ्चालनमा ल्याएका युवाहरू यसअघि पनि खाद्य तथा आतिथ्य सेवासम्बन्धी व्यवसायमा संलग्न रहँदै आएका छन्। रोयल बिर्यानीका विराटनगरसहित विभिन्न स्थानमा एक दर्जनभन्दा बढी शाखा सञ्चालनमा रहेको जनाइएको छ।