विराटनगर / प्रदेश १ को राजधानी विराटनगरमा भारतीय रुपैयाँ र अमेरिकन डलरसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
भारतबाट नेपालतर्फ आउने क्रममा विराटनगर महानगरपालिका १७ मटेरुवाबाट प्रहरीले भारतीय रुपैयाँ र अमेरिकन डलरसहित भारतीय नागरिक उत्तर प्रदेश लखनउका ३४ वर्षीय अतुल कुमार र ३५ वर्षीय सन्दिप सिंह रोयलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट भारतीय नोट ५०० को ४१७ थान २ लाख ८ हजार ५ सय, अमेरिकन नोट १०० को २१ थान,२० को ५ थान,१० को १ थान , र १ को ४ थान सहित दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी आन्तरिक राजश्व कार्यालय ईटहरी पठाईएको मोरङ प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया