सुनको सिक्री चोरी आरोपमा दुई जना पक्राउ

खबर पूर्वाञ्चल, ४ कार्तिक २०७९, शुक्रबार १७:५६
180
Shares
बेलबारी / सुनको सिक्री चोरी आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीले चोरी आरोपमा दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापा गौरादह नगरपालिका वडा नं ९ बैगुनधुरा का १९ वर्षीय मुकेश खतिवडा र धनकुटा महालक्ष्मी नगरपालिका १ लेगुवा बस्ने २२ वर्षीय हेमवहादुर बस्नेत रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । उनीहरूले असोज ३० गते राती १ बजे सुन्दरहरैचा नगरपालिका वडा नं.–४ स्थित पूर्व पश्चिम राजमार्गमा ना ६ ख ६३९९ नम्बरको कन्टेनर गाडी पार्किङ गरी राखी सोही गाडीमा सुति रहेका चालक रामवहादुर गिरीका सुनको सिक्री सुनको ब्रासलेट चोरी गरेको आरोप छ ।

गिरीको जाहेरीको आधारमा प्रहरीले अनुस्न्धान गर्दा घटनामा संलग्नलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेका दुई जनालाई इप्रका बेलबारीले मोरङ अदालतबाट डाका मुद्दामा तीन दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५