AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विपी र कोशीमा दुई जना संक्रमितको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ आश्विन २०७७, मंगलवार १२:०४
621
Shares
विराटनगर / विराटनगरस्थित कोशी अस्पताल विराटनगर र धरानको बीपी प्रतिष्ठानमा गरि दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

प्रदेश १ मा मृत्यु हुनेको संख्या ६७ पुगेको छ । जसमध्ये १३ जना प्रदेश १ बाहिरको रहेका छन् भने प्रदेश १ का ५४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको दुहवी नगरपालिका–५ का ६० वर्षीय पुरुषको कोशी अस्पतालको आइसोलेशनमा उपचारको क्रममा आज विहान ३ः०५ बजे मृत्यु भएको हो ।

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि सोमबार दिउँसो २ः४५ बजे अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । आइसोलेसनमा राखेर उपचार भइरहेको अवस्थामा मृत्यु भएको अस्पतालका प्रवक्ता तथा फिजिसियन डा. लक्ष्मीनारयण यादवले जानकारी दिए । मृत्युपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा राति ७ बजेतिर रिपोर्ट पोजेटिभ आएको उनको भनाइ छ ।

उत्ता बीपी प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत मोरङको सुनबर्षी–७ का ६८ वर्षीय पुरुषको आज बिहान ३ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

नोबेल मेडिकल कलेज विराटनगरबाट रिफर भएका ती पुरुषमा ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या रहेको प्रतिष्ठानले जनाएको छ । कोरोना संक्रमणको शंका लागेर परीक्षण गर्दा असोज ५ गते उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

स्वास्थ्य जटिल बन्दै गएपछि आईसीयू र भेन्टिलेटरमा राखिएका उनको उपचारको क्रममा मृत्यु भएको हो । उनी प्रतिष्ठानमा असोज १० गते बिहान भर्ना भएका थिए । ती पुरुषमा पहिलेदेखि उच्च रक्तचाप, मधुमेह, मिर्गौलाको समस्या रहेकोले डायलायसिससमेत गराउँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर