पूर्वाञ्चल खबर
विराटनगरको भिआईपी रोडस्थित जेएनएल फुटसलमा आयोजित प्रतियोगिताको फाइनलमा अन्नपूर्ण टिमलाई पराजित गर्दै आई मोबाइल इन्टरकन्टिनेन्टलले उपाधि जितेको हो ।
१२ वटा टिमको सहभागिता रहेको प्रतियोगिताको समापन कार्यक्रममा मार्टर्स मेमोरियल कलेजका अध्यक्ष विष्णु डंगोल प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
प्रतियोगितामा सिद्धान्त लोहनी उत्कृष्ट ब्याटर घोषित भए भने महबुब इराकी उत्कृष्ट बलर बने। त्यस्तै, फिर्दोस अन्सारी प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए।
दशैँको अवसर पारेर आयोजना गरिएको प्रतियोगिताले खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै इन्डोर क्रिकेटको प्रवर्द्धनमा योगदान पुर्याएको छ। सिद्धार्थ स्पोर्टिङ क्लबले आयोजना गरेको प्रतियोगिताले युवाहरूमा खेलकुदप्रतिको रुचि बढाउन र स्थानीय खेलाडीबीच प्रतिस्पर्धात्मक भावना विकास गर्न सहयोग पुर्याएको छ।