AArya
RUMPUM
animated ellipse animated ellipse

अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा विराटनगरको एभरेस्ट स्कुल प्रथम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ आश्विन २०८३, मंगलवार १५:२७
3
Shares
विराटनगर/ विराटनगर जुनियर जेसीजको आयोजनामा सम्पन्न अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा विराटनगरको एभरेस्ट सेकेण्डरी स्कुल एरिन जङ्ग थापा प्रथम भएका छन्।

विराटनगर जुनियर जेसीजका अध्यक्ष ओम जोगीको अध्यक्षतामा सो प्रतियोगिता सम्पन्न भएको हो।

विभिन्न १५ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको उक्त प्रतियोगितामा पोलस्टार स्कूलकी प्रकृति घिमिरे दोस्रो र बीकेभीएम स्कूलका जोसेफ महतो तेस्रो भएका छन्।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेहरूलाई क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँका साथै प्रमाणपत्र, ट्रफी र मेडल प्रदान गरिएको थियो।

प्रतियोगिताको निर्णायक मण्डलमा लेखक तथा कवि सीमा आभास, प्राध्यापक अनुज शर्मा र विराटनगर जुनियर जेसीजका पूर्व अध्यक्ष देवेश प्रधान रहेका थिए ।

‘सहभागी बनौँ, रूपान्तरण हुँदै अगाडि बढौँ, उत्कृष्टता हासिल गरौँ’ भन्ने शीर्षकमा आयोजना गरिएको सो कार्यक्रममा विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष एवं पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष विवस पोखरेल प्रमुख अतिथि रहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर