animated ellipse animated ellipse

जेष्ठ नागरिकका लागि निःशुल्क दन्त शिविर

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ असार २०८१, बिहीबार १९:३६
459
Shares
विराटनगर / विराटनगर महानगरपालिका–८ मा निःशुल्क दन्त शिविर संचालन गरिएको छ । वडाले जीवन विकास पब्लिक हेल्थ सेन्टरसँगको सहकार्यमा निःशुल्क दन्त शिविर संचालन गरेको हो ।

६० बर्षमाथिका जेष्ठ नागरिकलाई लक्षित गर्दै दन्त शिविर संचालन गरिएको वडा कार्यालयले जनाएको छ । आज विराटेश्वर वृद्धाश्रममा आश्रित बृद्धबृद्धाहरूको र दिउँसो वडा कार्यालयमा वडाबासीहरूको दन्त परिक्षण गरिएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिए ।

यस्तै भोलि बिहान अमर सेवा समितिको हलमा र दिउँसो छठी माई मन्दिरमा दन्त परिक्षण गरिने वडाध्यक्ष पोखरेलले बताए । शिविरमा औषधीसँगै आवश्यक पर्नेलाई फुलसेट दाँत समेत उपलब्ध गराइने उनले बताए ।

वडाभित्र रहेका ६० वर्षभन्दा माथिका सबै जेष्ठ नागरिकको दन्त परिक्षण गरिने र आवश्यक पर्ने सबैलाई फुलसेट दाँतसहित निःशुल्क औषधी पनि वितरण गरिने उनले बताए ।

उनले भने, ‘दाँत आवश्यक पर्नेको यहाँ नमूना संकलन गरिन्छ । केही दिनमा जीवन विकास पब्लिक हेल्थ सेन्टरमा उहाँहरूलाई दाँत उपलब्ध गराइन्छ ।’

वडाले यो भन्दा पहिला ८० वर्षमाथिका जेष्ठ नागरिकहरूको घरमै पुगेर स्वास्थ्य परिक्षण गरिएको अध्यक्ष पोखरेलले बताए ।

‘बृद्धबृद्धा हाम्रा अभिभावक हुन्, उहाँहरूको हामीले हेरचाह गर्नुपर्छ,’ उनले भने, ‘सबैभन्दा नजिकको सरकार स्थानिय सरकार भएकाले उहाँहरूको स्वास्थ्य प्रति सचेत रहनुपर्छ भनेर शिविर संचलन गरेका हौँ ।’ निःशुल्क शिविरबाट लाभ लिन पाउँदा जेष्ठ नागरिकहरू हर्षित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर