AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

राष्ट्रपति रनिङ शिल्डका विजेता नगदसहित सम्मानित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ फाल्गुन २०८१, आईतवार १७:४०
81
Shares
विराटनगर/ झोराहटको जनक मेमोरियल सेकेण्डेरी बोर्डिङ स्कुलले हालै सम्पन्न छैटौं संस्करणको ग्रामथान गाउँपालिका अन्तर विद्यालययस्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेता खेलाडीहरूलाई सम्मान गरेको छ ।

ग्रामथान–२ झोराहाटस्थित आफ्नो प्रांगणमा आज एक कार्यक्रमको आयोजना गर्दै स्कुलले रनिङ शिल्डमा मेडल जित्ने आफ्ना विद्यार्थीहरूलाई सम्मान गरेको हो ।

जनक स्कुल राष्ट्रपति रनिङ शिल्डको साविकको विजेतासमेत हो । ग्रामथानका १३ संस्थागत र सामुदायिक स्कुललाई उछिन्दै पाँचौं संस्करणको राष्ट्रपति रनिङ शिल्डको विजेता बनेको थियो ।

फागुन ७ गतेदेखि दुई दिनसम्म ग्रामथान–६ स्थित पब्लिक माविमा भएको स्पर्धामा जनक मेमोरियल स्कुलले चारवटा विधामा स्वर्ण पदक जित्दै उत्कृष्ट प्रदर्शन गर्न सफल भएको छ ।

पदक जित्ने खेलाडीहरूलाई स्कुलका प्रिन्सिपल सुनील भगत, भाइस प्रिन्सिपल समुन्द्र पराजुली, को अर्डिनेटर ज्योति धितालले अबिर, खादा र माला लगाएर सम्मान गरेका हुन् ।

विजेता खेलाडीहरूलाई थप हौसला बढाउन भन्दै प्रिन्सिपल भगतले उनीहरूलाई पुरस्कारस्वरूप नगद प्रदान गरेका थिए । उनले पुरुष कबड्डी खेलाडीलाई नगद पाँच हजार रुपैयाँ र अरू स्वर्ण पदक विजेता खेलाडीलाई एक-एक हजार रुपैयाँ प्रदान गरेका थिए ।

विजेता विद्यार्थीसँगै स्कुलले आफ्ना संस्थापक तथा खेल प्रशिक्षक करणकुमार माझीलगायत प्रशिक्षकहरूलाई पनि सम्मान गरेको थियो । विजेता विद्यार्थीहरूले नाचगान गर्दै जितको खुशीयाली साटासाट गरेका थिए ।

विगत ३३ वर्षदेखि ग्रामथानको शिक्षा क्षेत्रमा निरन्तर योगदान दिन सफल भएको जनक पालिकाभरि नै उत्कृष्ट नतिजा ल्याउन सफल छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर