पूर्वाञ्चल खबर
मोरङ जिल्ला सितोरियो कराँते संघको व्यवस्थापन तथा संरक्षण र मधुमल्ला सितोरियो कराँते डोजोको आयोजनामा कार्यक्रम सुरु भएको हो।
कार्यक्रमको उद्घाटन मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबीकुमार राईले दीप प्रज्वलन गरी गरेका हुन्। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दिनेश पौडेल, वडा अध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत तेजेन्द्र गौतम, स्वास्थ्य प्रमुख चिन्तामणि पोखरेल, इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रमुख चन्द्रकुवेर अधिकारी, उद्योग वाणिज्य संघ मिक्लाजुङका अध्यक्ष अमृतकुमार श्रेष्ठ, विद्यालय प्रमुख, प्रशिक्षक तथा खेलाडीहरूको उपस्थिति थियो।
कार्यक्रममा अध्यक्ष राईले ब्ल्याक बेल्ट प्राप्त गर्नुअघि प्रशिक्षकले दिने ज्ञानभन्दा आफूले सिकेको कुरा व्यवहारमा उतार्नुपर्नेमा जोड दिए। उनले अनुशासनमा रहेर प्रशिक्षण लिन र सिकेका सीपलाई भविष्यमा उपयोगी बनाउने गरी अघि बढ्न खेलाडीलाई आग्रह गर्दै सफलताको शुभकामना दिए।
मोरङ जिल्ला सितोरियो कराँते संघका अध्यक्ष चन्द्र पराजुलीले एसियाली खेलकुदमा कराँतेले नेपालका लागि पदक जित्दै खाता खोल्न सफल भएको उल्लेख गर्दै खेलाडीलाई नियमित प्रशिक्षणमा ध्यान दिन आग्रह गरे। आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि समेत तयारी गर्न उनले खेलाडीलाई सुझाव दिए।
तीन दिनसम्म सञ्चालन हुने कार्यक्रममा खेलाडीलाई काता प्रशिक्षण तथा थ्योरी कक्षा सञ्चालन गरिनेछ। अन्तिम दिन ब्ल्याक बेल्ट परीक्षा उत्तीर्ण खेलाडीलाई प्रमाणपत्रसहित बेल्ट प्रदान गरिने आयोजकले जनाएको छ। कार्यक्रमको आयोजना दुर्गा निरौलाले गरेका हुन्।