पूर्वाञ्चल खबर
कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूको सहभागिता रहेको प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूले नेपाली तथा अङ्ग्रेजी भाषामा आफ्ना विचार, धारणा र अभिव्यक्ति प्रस्तुत गरेका थिए। प्रतियोगितामा सिद्धार्थका विद्यार्थीहरूले अङ्ग्रेजीतर्फ उल्लेखनीय सफलता हासिल गरे।
अङ्ग्रेजीतर्फ हार्दिक थापा र नयन पौडेलले प्रथम स्थान हासिल गर्दा तृषा भट्टराई, कृपा ओझा र सम्पदा पहाडीले द्वितीय स्थान प्राप्त गरे। त्यस्तै योगेश खड्काले सान्त्वना पुरस्कार हासिल गरे।
सिद्धार्थ्का प्रिन्सिपल अर्जुन बस्नेतले प्रतियोगितामा विद्यार्थीहरूले देखाएको प्रस्तुतिप्रति खुसी व्यक्त गर्दै यस्ता कार्यक्रमले विद्यार्थीको आत्मविश्वास, नेतृत्व क्षमता र अभिव्यक्ति कौशल विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले भने, “विद्यार्थीको प्रतिभा कक्षाकोठाभित्र मात्र सीमित हुँदैन। यस्ता प्रतियोगिताले उनीहरूमा रहेको क्षमता प्रस्फुटन गर्ने अवसर दिन्छ। सिद्धार्थका विद्यार्थीहरूले गरेको प्रदर्शनले विद्यालय परिवारलाई उत्साहित बनाएको छ।”
प्रिन्सिपल बस्नेतले अध्ययनसँगै अतिरिक्त क्रियाकलापलाई पनि विद्यालयले प्राथमिकतामा राख्दै आएको बताउँदै विद्यार्थीको सर्वाङ्गीण विकासका लागि यस्ता गतिविधिलाई निरन्तरता दिइने बताए।
प्रतियोगितामा सिद्धार्थका विद्यार्थीहरूले प्राप्त गरेको नतिजाले विद्यालयको शैक्षिक गतिविधिसँगै वक्तृत्व तथा सिर्जनात्मक क्षेत्रमा पनि विद्यार्थीहरूको सक्रियता र क्षमता देखाएको छ।