AArya
RUMPUM
animated ellipse animated ellipse

एथर इलेक्ट्रिक स्कुटरको १४औँ शाखा विराटनगरमा आजदेखि सञ्चालन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० भाद्र २०८३, शनिबार १३:२४
45
Shares
विराटनगर / नेपालका लागि एथर इलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्रेता वैद्य इनर्जीले विराटनगरमा आफ्नो १४औँ ‘एथर एक्सपिरियन्स सेन्टर’ शोरूम सञ्चालनमा ल्याएको छ।

विराटनगर–३ स्थित पिपलचोक धरान रोडमा आजदेखि उक्त आधिकारिक शोरूम सञ्चालनमा आएको हो।

एथरले आफ्नो देशव्यापी सञ्जाल विस्तार गर्ने क्रममा विराटनगरमा सुविधासम्पन्न शोरूम खोलेको जनाएको छ। विराटनगरमा सञ्चालनमा आएको यस शोरूमका प्रोपाइटरहरू सम्वेग थापा र प्रोज्जवल पौडेल रहेका छन्।
शोरूम उद्घाटनको अवसरमा कम्पनीले एथरका विभिन्न मोडेलका स्कुटरहरू प्रदर्शनीमा राखेको छ। यहाँ एथरका स्कुटरहरूको मूल्य ३ लाख १४ हजार रुपैयाँदेखि ४ लाख ३४ हजार ९ सय रुपैयाँसम्म तोकिएको छ।

विशेषगरी एथर ४५० सिरिज र पारिवारिक प्रयोजनका लागि उपयुक्त ‘रिज्टा’ मोडेलका स्कुटरहरू ग्राहकको मुख्य रोजाइमा पर्ने कम्पनीको विश्वास छ।

वैद्य इनर्जीका मार्केटिङ हेड सलमान खानका अनुसार एथरका स्कुटरमा ‘म्याजिक ट्विस्ट’, इन्फिनाइट क्रुज र भ्वाइस इन्टरयाक्सन जस्ता अत्याधुनिक प्रविधि जडान गरिएका छन्। ‘हामीले बिक्री मात्र नभई ग्राहकलाई उत्कृष्ट ओनरसिप एक्सपेरियन्स र चार्जिङ इकोसिस्टम प्रदान गर्ने लक्ष्य राखेका छौँ,’ खानले भने ।

विराटनगर शोरूम उद्घाटनको अवसरमा कम्पनीले सीमित अवधिका लागि विशेष ‘ओपनिङ अफर’ समेत सार्वजनिक गरेको छ। जसअन्तर्गत ग्राहकले ८ वर्षको ब्याट्री वारेन्टी, शून्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधा र पुरानो स्कुटर साटफेर गर्दा ८ हजार रुपैयाँसम्मको थप मूल्याङ्कन प्राप्त गर्न सक्नेछन्। यो योजना आगामी भदौ २७ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ।

एथरले हाल नेपालभर ५० भन्दा बढी चार्जिङ स्टेसन र १० भन्दा बढी आधिकारिक सर्भिस सेन्टरहरू सञ्चालन गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर