पूर्वाञ्चल खबर



सेमिनारको शुभारम्भ गर्दै कलेजका प्रिन्सिपल टिकाराम पुरीले कलेजका मुख्य सरोकारवाला विद्यार्थी नै रहेको बताए । उनले विद्यार्थीले अन्तरहृदयदेखि लक्ष्य प्राप्तिका लागि आफैं मेहेनत गर्नु पर्नेभन्दै कलेज, प्रिन्सिपल एवं शिक्षक, अभिभावकले केवल सहजीकरणको भूमिकामात्र निर्वाह गर्ने बताए । उनले सेमिनार शिक्षकको नभइ विद्यार्थी आफैंको कार्यक्रम भएको टिप्पणी गरे । यस्ता कार्यक्रमले विद्यार्थीको सीप, ज्ञान र रचनात्मक विकासको क्रमलाई वृद्धि गर्ने बताए । सेमिनारमा विद्यार्थीले ७ समूहमा विभिन्न शीर्षकमा विज्ञानका रोचक उपलब्धी, अन्वेषण एवं खोजसँग सम्बन्धित प्रस्तुती दिए ।
आर्जन बराल र जेसिज गेलालले ‘स्पेश टाइम’, आदित्य पघैया र प्रज्जवल श्रेष्ठले ‘ह्युमन ब्रेन’, स्नेहा कोइराला, मानश्वी कोइराला, ईच्छा बज्राचार्य र समिप खनालले ‘न्यूक्लीयर इनर्जी’, कृति गोयल, सौमिका ढकाल र प्रिन्सी वर्माले ‘माइक्रो प्लाष्टिक’, रायन पोखरेल, प्रेम खतिवडा, निश्चल न्यौपाने र रियोज मास्केले ‘ बियोन्ड द स्क्रिन’ शीर्षकमा आकर्षक प्रस्तुती दिए ।
यस्तै अदिमहाङ्ग राई र मन्नत वर्माले ‘ द एलकेमी अफ फ्रिक्वेन्सी’ र विवस बराले ‘एग’ मार्फत विभिन्न तथ्यमा आधारित विज्ञानका सिद्धान्तलाई अझ प्रष्ट पारेका थिए । यस प्रकारका कार्यक्रमले कक्षाकोठामा पढाइने सैद्धान्तिक ज्ञानलाई प्रयोग, अवलोकन, प्रश्न र अनुसन्धानसँग जोड्दा विद्यार्थीको सिकाइ थप प्रभावकारी हुने कलेजको विश्वास छ ।
साइन्स सेमिनारजस्ता कार्यक्रमले विद्यार्थीलाई पाठ्यपुस्तकभन्दा बाहिर गएर नयाँ कुरा खोज्न, तर्क गर्न र आफ्ना विचार प्रस्तुत गर्न प्रेरित गरेको अपेक्षा गरिएको छ ।