पूर्वाञ्चल खबर
कक्षा कोठामा सिकेको व्यवस्थापनसम्बन्धी सैद्धान्तिक ज्ञानलाई उद्योगको वास्तविक अभ्याससँग जोड्ने उद्देश्यले विद्यार्थीलाई औद्योगिक भ्रमण गराइएको विद्यालयले जनाएको छ ।
भ्रमणका क्रममा विद्यार्थीले उद्योगको व्यवस्थापन प्रणाली, चाउचाउ उत्पादन प्रक्रिया, सञ्चालन प्रणाली तथा औद्योगिक गतिविधिबारे प्रत्यक्ष अवलोकन गरेका थिए । उद्योगभित्रको उत्पादनदेखि व्यवस्थापनसम्मको कार्यप्रणाली नजिकबाट बुझ्ने अवसरले विद्यार्थीलाई व्यवसाय सञ्चालनको व्यावहारिक पक्षबारे जानकारी लिन सहयोग पुगेको विद्यालयले जनाएको छ ।
कलेजका प्रिन्सिपल भुवन नेपालले औद्योगिक भ्रमणले विद्यार्थीलाई कक्षाकोठाको पाठ्यक्रमभन्दा बाहिर पुगेर व्यवसाय, रोजगारी र करियर निर्माणका सम्भावनाबारे बुझ्न सहयोग गर्ने बताए । उनका अनुसार उद्योगमा प्रत्यक्ष अवलोकन गर्दा विद्यार्थीले व्यवस्थापन शिक्षाको व्यवहारिक उपयोगिता बुझ्न सक्छन् ।
विद्यालयका निर्देशक प्रदीपकुमार दासले व्यवस्थापन शिक्षा सैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी त्यसलाई व्यवहारसँग जोड्न औद्योगिक भ्रमण प्रभावकारी माध्यम भएको बताए । उद्योगको वास्तविक कार्यप्रणाली बुझ्दा विद्यार्थीमा व्यवसायिक सोच र सीप विकास हुने उनको भनाइ छ ।
व्यवस्थापन सङ्कायका कोर्डिनेटर रोशन राजवंशीले औद्योगिक भ्रमणले विद्यार्थीको अध्ययनलाई थप प्रभावकारी बनाउनुका साथै उनीहरूको सर्वाङ्गीण विकासमा योगदान पुर्याउने बताए । यस्ता गतिविधिले विद्यार्थीलाई भविष्यमा रोजगारी, उद्यमशीलता तथा करियर छनोटका विषयमा निर्णय लिनसमेत आधार प्रदान गर्ने उनले बताए ।
कान्तिपुर कलेजले सैद्धान्तिक अध्ययनसँगै विद्यार्थीलाई व्यावहारिक ज्ञान प्रदान गर्न विभिन्न प्रतिष्ठान तथा महत्वपूर्ण स्थानको अध्ययन–अवलोकन भ्रमण गराउँदै आएको छ । विद्यालयले आगामी दिनमा पनि शिक्षालाई उद्योग तथा व्यावसायिक क्षेत्रसँग जोड्ने गतिविधिलाई निरन्तरता दिने जनाएको छ ।