AArya
RUMPUM
animated ellipse animated ellipse

ग्रेडेड स्कुलमा वक्तृत्वकला प्रतियोगिता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ भाद्र २०८३, शुक्रबार १७:४३
3
Shares
विराटनगर /विराटनगर–८ मा रहेको ग्रेडेड इङ्लिस मिडियम सेकेण्डरी स्कुलमा आयोजित ग्रेडेड वक्तृत्वकला प्रतियोगिता–२०८३ सम्पन्न भएको छ।

विद्यालयका प्रधानाध्यापक प्रेमलाल सिंह सुवालको सभापतित्वमा सम्पन्न प्रतियोगितामा तीनवटा विधामा गरी कुल २८ जना विद्यार्थीले सहभागिता जनाएका थिए। प्रतियोगिताका निर्णायकहरूमा वरिष्ठ पत्रकार तथा साहित्यकार मिनकुमार नवोदित र मकालु टेलिभिजनका प्रधान सम्पादक अभयकुमार राई रहेका थिए।

प्रतियोगितामा कक्षा ४ र ५ तर्फ “परिवारको महत्त्व”, कक्षा ६ र ७ तर्फ “विद्यार्थी जीवनमा अनुशासनको महत्त्व” तथा कक्षा ८, ९ र १० तर्फ “भविष्यका करियरमा एआईको प्रभाव” विषयमा विद्यार्थीहरूले आ–आफ्ना प्रस्तुति दिएका थिए।

प्रतियोगितामा कक्षा ४ र ५ बाट शिवानी राजवंशी प्रथम, इभान्जेलिना मर्दी द्वितीय र रिवाज जङ्ग बस्नेत तृतीय भएका छन्। त्यसैगरी कक्षा ६ र ७ बाट अश्मा चौधरी प्रथम, सृष्टि रौनियार द्वितीय र बीरा मण्डल तृतीय तथा कक्षा ८, ९ र १० बाट तनिशा पोखरेल प्रथम, वर्षिका न्यौपाने द्वितीय र अभिषेक शाह तृतीय स्थान हासिल गर्न सफल भएका छन्।

प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो। निर्णायकद्वयले सहभागी सबै विद्यार्थीहरूको प्रस्तुति तथा उत्साहको प्रशंसा गर्दै उनीहरूको आगामी शैक्षिक यात्रा र भविष्यका प्रयासहरूका लागि शुभकामना तथा सफलताको कामना गर्नुभयो। प्रतियोगिताले विद्यार्थीहरूमा आत्मविश्वास, प्रभावकारी अभिव्यक्ति, तार्किक सोच तथा समसामयिक विषयप्रतिको ज्ञान विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याएको विद्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर