AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगर किङ्सको मुख्य प्रायोजकमा ‘एक्सट्रिम’ एनर्जी ड्रिंक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ श्रावण २०८३, शुक्रबार १८:३८
108
Shares
विराटनगर / नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी विराटनगर किङ्सको मुख्य प्रायोजकमा ‘एक्सट्रिम’ एनर्जी ड्रिंक जोडिएको छ ।

विराटनगर किङ्स र एनर्जी ड्रिंक ब्रान्ड ‘एक्सट्रिम’ बीच मुख्य प्रायोजनसम्बन्धी आज औपचारिक सम्झौता भएको छ । सम्झौता पत्रमा विराट किङ्सका तर्फबाट सुयस प्याकुरेल र एक्सट्रिमका तर्फबाट सोनिया राणाले हस्ताक्षर गरे ।

‘कोशीको शान, हाम्रो पहिचान’ भन्ने नारासहित एनपीएलमा सहभागी हुँदै आएको विराटनगर किङ्सले पछिल्ला दुई सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो पहिचान स्थापित गरेको विराटनगर किङ्सका पारस लुनियाले बताए।

सम्झौताअनुसार ‘एक्सट्रिम’ विराटनगर किङ्सको मुख्य प्रायोजकका रूपमा रहनेछ । टिमको जर्सी लगायत विभिन्न प्रमुख स्थानमा ‘एक्सट्रिम’ ब्रान्डको उपस्थिति रहनेछ ।

सम्झौताले विराटनगर किङ्सको व्यावसायिक तथा खेलकुद यात्रालाई थप मजबुत बनाउने विश्वास टिमले लिएको छ । नेपाली क्रिकेटको विकास, टिमको उत्कृष्ट प्रदर्शन तथा आगामी दिनमा विराटनगर किङ्सको यात्रामा ‘एक्सट्रिम’ को निरन्तर साथ र सहकार्य रहने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर