पूर्वाञ्चल खबर

प्रतियोगिताको निर्णायकमा साहित्यकार चुडामणि नेपाल ‘अकिञ्चन’, मिनकुमार ‘नवोदित’ र विमल किशोर श्रीवास्तव रहेका थिए ।
कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले प्रतियोगिताको उद्घाटन गरेका थिए । कार्यक्रममा उनले साहित्य समाजलाई मार्गनिर्देशन गर्ने विधा भएको बताए ।
विद्यार्थीमा लुकेको प्रतिभा उजागर गर्ने उद्देश्यले कलेजले वार्षिक क्यालेण्डेर बनाएर विभिन्न अतिरिक्त क्रियाकलाप तथा प्रतियोगिता आयोजना गर्दै आएको उनले बताए । उनका अनुसार कलेजले यसअघि पनि विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि विभिन्न प्रतियोगिता आयोजना गर्दै आएको छ ।
प्रतियोगिताले साहित्यलाई समसामयिक प्रविधिसँग जोड्दै विद्यार्थीलाई आधुनिक समाजका परिवर्तनलाई कलात्मक ढंगले बुझ्ने र आफ्ना धारणा प्रस्तुत गर्ने अवसर दिएको प्रिन्सिपल खड्काको भनाइ थियो । पछिल्लो समय कृत्रिम बुद्धिमत्ता र डिजिटल माध्यमको प्रयोग तीव्र भइरहेका बेला विद्यार्थीले यस्ता विषयलाई साहित्यिक सिर्जनामार्फत उठाउनुलाई सिर्जनात्मक शिक्षाको अभ्यासका रूपमा समेत हेरिएको छ ।