पूर्वाञ्चल खबर
विद्यालयका प्रिन्सिपल अर्जुन बस्नेतको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा इलाका प्रहरी कार्यालय बेलबारीका कार्यालय प्रमुख प्रहरी निरीक्षक राजीव गिरीले सहजीकरण गरेका थिए।
कार्यक्रममा कक्षा ११ र १२ मा अध्ययनरत ४ सय ५२ जना विद्यार्थीको सहभागिता रहेको थियो। प्रहरी निरीक्षक गिरीले साइबर अपराधका विभिन्न प्रकार, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, अनलाइन ठगीबाट बच्ने उपाय, व्यक्तिगत गोपनीयताको सुरक्षा तथा साइबर अपराध भएमा अपनाउनुपर्ने कानुनी प्रक्रिया सम्बन्धी जानकारी दिएका थिए।
विद्यार्थीहरूलाई डिजिटल प्रविधिको जिम्मेवार र सुरक्षित प्रयोग गर्न प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम सहभागितामूलक र प्रभावकारी बनेको विद्यालयका प्रिन्सिपल बस्नेतले जानकारी दिए ।