खबर पूर्वाञ्चल
र्यली कलेज प्राङगणदेखि शुरु भएर विराटनगरका विभिन्न ठाँउमा पुगेर पम्प्लेटमा “सरकार देखाउ ईच्छा, खै त महिलाको सुरक्षा”, मेरो कपडाको लम्बाईले मेरो चरित्रको बयान गर्दैन”, कति चुप बस्ने, अब त नसहने”, के बलत्कार समाचारको विषय मात्र हो ?, के महिलालाई आरक्षण दिदाँ मात्र महिला ?”, “अव शिक्षा छोरालाई“ जस्ता नाराहरु बोकेर विद्यार्थीहरु उपस्थित भए ।
कार्यक्रममा क्याम्पस प्रमुख सिएम बस्नेत, को–ओर्डिनेटर सुरेन्द्र मण्डल, शिक्षक– शिक्षिका, कर्मचारीलगायत स्नातन तहमा अध्ययनरत विद्यार्थीहरुको सहभागीता थियो । कार्यक्रमले विद्यार्थीहरुमा चेतनाको विकाश हुने, सँस्कार सिक्ने, सामाजीक उत्तरदायित्व बढ्नुका साथै राष्ट्रप्रति जिम्मेवार नागरिक बन्ने प्रमुख बस्नेतले बताए ।
नारीको सम्मानन हुने हो भने देशको कहिल्यै भलो हुदैन, हामी नारी कहिलेसम्म भय र त्रासले बस्ने , अव त अति भयो भन्दै एक महिला विद्यार्थीले भनिन् “नारीलाई न्याय चाहियो सरकार”।