पूर्वाञ्चल खबर
बैठकले वर्तमान एमालेका नेता तथा मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारबाट मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गर्ने तय गरेको थियो । काङ्ग्रेस कोशी प्रदेश सभापति तथा दलका नेता उद्दब थापाको अध्यक्षतामा बसेको बैठकले थापा र केन्द्रीय सदस्यसमेत रहेका प्रदेश सांसद अमृत अर्याललाई केन्द्रसँगको कुराकानी गर्ने जिम्मा दिने निर्णय गरेको छ ।
बैठकपछि कुरा गर्दै दलका नेता थापाले एमालेसँगको सहकार्य भने अब टुंगिएको बताए । ञसहकार्य टुटेको छ । अब तीन विकल्पमा हाी छलफलमा छौं,झ उनले भने, ञअझै एमालेसँगको सहकार्य प्रयास गर्ने, नेकपासँग मिल्ने वा विपक्षीमा बस्ने विकल्प हामीसँग छ ।झ
यसैबीच संयन्त्रको बैठक बसिरहेको बेला तत्काल मन्त्री फिर्ता बोलाउने निर्णय रोकिएको छ । ञकेन्द्रका नेताले फोन गरेको कारण कुनै निर्णय भएन,झ थापाले भने, ञकेन्द्रीय समितिले निर्णय गरेर पठाएपछि हामी फेरि बैठक बसेर निर्णय गर्छौं ।झ
संयन्त्रको बैठकमा उपनेता हिमाल कार्की, प्रमुख सचेतक गोपाल तामाङ, सहमहामन्त्री उमेश थापा, नेता तथा सांसद अमृत अर्याल, गयानन्द मण्डल, मैयाँ श्रेष्ठलगायतको उपस्थिति थियो ।
सरकारमा काङ्ग्रेसका तर्फबाट पूर्वाधार मन्त्री प्रदिपकुमार सुनुवार, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, पर्यटन वन तथा वातावरण मन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरी र भौतिक राज्यमन्त्री शोभा चेम्जोङ सहभागी छन् ।