AArya
RUMPUM
animated ellipse animated ellipse

गौँथली चलचित्रका गौँथली र ठुले विराटनगरमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ श्रावण २०८३, बिहीबार ०९:५४
3
Shares
विराटनगर / साउन १ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘गौँथली’ का मुख्य कलाकार सिमरन खड्का (गौँथली) र अरुण क्षेत्री (ठुले) सहितको टोली विराटनगर आइपुगेको छन् ।

डा.कपिल रिजाल निर्देशित चलचित्र ‘गौँथली’ले प्रदर्शनको दोस्रो सातामा प्रवेश गर्दा दर्शकको राम्रो साथ पाइरहेको निर्माण पक्षले जनाएको छ । विराटनगरका दर्शक तथा चलचित्र पत्रकारसँग भेटघाट र संवाद गर्न चलचित्रका सह–निर्माता गिरिराज घिमिरेसहित कलाकारद्वय सिमरन खड्का र अरुण क्षेत्री विराटनगर आएका हुन् ।

चलचित्र पत्रकार संघ कोशी प्रदेश र मोरङ शाखाले विराटनगरमा बुधबार आयोजना गरेको पत्रकार भेटघाट तथा संवाद कार्यक्रममा कलाकारद्वयले चलचित्रको विषयवस्तु, अभिनय अनुभव र दर्शकको प्रतिक्रियाबारे चर्चा गरे ।

कार्यक्रममा चलचित्र पत्रकार संघ कोशी प्रदेशका अध्यक्ष वीरेन्द्रकुमार साहले चलचित्र ‘गौँथली’ले मनोरञ्जनसँगै सामाजिक विषयवस्तुलाई समेत प्राथमिकतामा राखेको बताए । उनले पछिल्लो समय नेपाली चलचित्रले समाजका महत्वपूर्ण विषयलाई पर्दामा ल्याउने क्रम बढ्दै गएको भन्दै ‘गौँथली’ले पनि दर्शकलाई मनोरञ्जनसँगै सामाजिक सन्देश दिन सफल भएको धारणा राखे ।

चलचित्र पत्रकार संघ मोरङ शाखाका अध्यक्ष प्रेम देवानले चलचित्रको प्रचार–प्रसारसँगै कलाकार र दर्शकबीच प्रत्यक्ष संवादको वातावरण निर्माण गर्नु महत्वपूर्ण रहेको बताए । उनले मोफसलका दर्शक नेपाली चलचित्रका महत्वपूर्ण आधार भएको उल्लेख गर्दै कलाकार र निर्माण पक्षले मोफसलका दर्शकको प्रतिक्रिया प्रत्यक्ष रूपमा सुन्ने र बुझ्ने अवसरलाई निरन्तरता दिनुपर्ने बताए ।

कार्यक्रममा मुख्य कलाकार सिमरन खड्काले ‘गौँथली’ चलचित्रमा आफूले निर्वाह गरेको पात्र दर्शकका लागि भावनात्मक र विशेष रहेको बताइन् । उनले चलचित्रले अटिजम भएका व्यक्तिलाई समाजले हेर्ने दृष्टिकोणमाथि गम्भीर प्रश्न उठाएको भन्दै दर्शकले चलचित्र हेरेपछि सकारात्मक सोच विकास गर्न सक्ने विश्वास व्यक्त गरिन् ।चलचित्र ‘गौँथली’ विशुद्ध सामाजिक कथावस्तुमा आधारित रहेको निर्माण पक्षले जनाएको छ । विशेषगरी अटिजमबाट प्रभावित व्यक्तिहरूलाई समाजले हेर्ने दृष्टिकोण, उनीहरूप्रतिको व्यवहार र पारिवारिक तथा सामाजिक अवस्थालाई चलचित्रले कथाको केन्द्रमा राखेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर