AArya
RUMPUM
animated ellipse animated ellipse

गुणस्तरीय र सुविधा सम्पन्न पर्यटकीय गन्तव्य छनौट गरेमा प्रदेशमा आर्थिक चलायमान हुन्छ : मुख्यमन्त्री कार्की

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ असार २०८३, सोमबार १७:०९
27
Shares
विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा रहेका पर्यटकीय गन्तव्यहरु गुणस्तरीय बनाई पर्यटकहरुको आगमन वृद्धि गर्न सरकारको जोड रहेको बताएका छन्।

कोशी प्रदेश योजना आयोगद्वारा आज विराटनगरमा आयोजित विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले धार्मिक, शाहसिक , पर्वतारोहणीय पर्यटकीय क्षेत्रलाई गुणस्तरीय एवं क्वालिटियुक्त बनाउनका लागि प्रदेशका पर्यटकीय गन्तव्यहरुको छनौट गरी सङख्या घटाउन लागेको बताए।

मुख्यमन्त्री कार्कीले प्रदेशका धेरै पर्यटकीय क्षेत्रतिर स्वदेशी तथा विदेशी पर्यटक पठाउनु उचित नहुने बताउँदै पर्यटकले खर्च गर्न सक्ने हिसावले गुणस्तरीय , सुविधा सम्पन्न पर्यटकी गन्तव्य छनौट गरेमा प्रदेशमा आर्थिक चलायमान हुने बताए ।
उनले पर्यटकीय क्षेत्रमा पूर्वाधारको विकास ,त्यस क्षेत्रलाई क्षेत्रलाई सबै शहरको जोड्ने कार्य दीर्घकालिन रुपमा समपन्न गरी त्यस क्षेत्रको गुरु योजना बनाइ पर्यटकको वसाइ लम्वाउने कार्य गर्नुपर्नेमा जोड दिए।

पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले प्रदेशमा रहेका प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्रहरूको पहिचान र विकासका लागि वैज्ञानिक मापदण्ड तयार पारिनु अत्यन्त आवश्यक रहेको उल्लेख गरे।

गोष्ठीमा प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले कार्यपत्र प्रस्तुत गर्दै ऐन परिमार्जन गरी सार्वजनिक नीजि क्षेत्रको साझेदारीमा गन्तव्य क्षेत्रको विकास गरेमा दिगो हुने बताए।

प्रदेश योजना आयोगका सदस्य किशोर राईले कोशी प्रदेश एकीकृत पर्यटक विकास गुरुयोजना आवधारणा पत्र ,पर्यटन विज्ञ सुमित बरालले प्रमुख पर्यटन गन्तव्य छनौटका राष्ट्रिय तथा अन्तर्राष्टिय अभ्यास र डा रोशन शेरचनले पर्यटनः आर्थिक समृद्धिको आधार विषयक कार्यपत्र प्रस्तुत गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर