विराटनगर, ८ बैशाख / इलाम मोरङ सम्पर्क मञ्चले आज विराटनगरमा नयाँ बर्ष २०७४ को शुभकामना तथा क्यालेण्डर सार्वजनिक गरेको छ । एक कार्यक्रमका विच मञ्चका सल्लाहकार तथा अग्रज तिलकबहादुर थापाले क्यालेण्डर सार्वजनिक गरेका हुन् ।
सो अबसरमा इलामका पूर्व कामु प्रमुख जिल्ला अधिकारी महानन्द गुरागाइले नयाँ बर्षको शुभकामना दिुदै इलाम सुन फल्ने जिल्ला भएको भन्दै कृषि उत्पादनले सम्पन्न इलाम देशकै सुन्दर र पर्यटकिय जिल्ला भएको बताए । उनले इलामले सौन्दर्यतसंगै कृषि उत्पादन र राजनितिमा पनि नेतृत्व गरेको बताए ।
त्यसैगरी इलाम मोरङ— सुनसरी सम्पर्क मञ्चका अध्यक्ष कृष्ण साहले इलामको झल्को हुने गरी विराटनगरमा पनि इलाम कार्यक्रम सञ्चालन गरिने बताए । उनले इलामबाट धरान वि पि मा उपचार गर्न आउनेलाई सहयोग होस भनेर अस्पतालमा पनि समिति गठन गरिएको बताए ।
इलाम घर भई मोरङमा बसोवास गर्दै आएका इलामेलीहरुको मञ्चले इलाममा होस वा मोरङमा बसोबास गर्ने इलामेलीहरुलाई समस्या पर्दा सहयोग गर्ने, एकता बनाउने र इलामको शान उच्च राख्ने काम गर्ने मञ्च मोरङका उपाध्यक्ष मोहन सुवेदीले बताए ।
सो अबसरमा मञ्चका सल्लाहकार खम्बसिह बस्नेत, मोरङ अध्यक्ष मदन भट्टराई मोरङ सचिब अर्जुन श्रेष्ठलगायतले मञ्चले समाज सेवाको काम अगाडी बढाउने बताए । कार्यक्रममा इलामसंग सम्बन्धीत परिवार छोरा , बुहारी, छोरी ज्वाई, भान्जा भान्जीलगायत नातेदारहरुको पनि सहभागिता रहेको थियो ।