पूर्वाञ्चल खबर
आज विराटनगरमा बोर्डले एक कार्यक्रम गर्दै आफ्नो वार्षिक कार्यक्रम अनुरुप विभिन्न अन्तर्राष्ट्रिय, राष्ट्रिय स्तरको खेलकुद प्रतियोगितामा पदक विजेता कोशी प्रदेशका खेलाडीहरू, अग्रज खेलकर्मीहरू र खेलकुद पत्रकारहरू लाई नगदसहित सम्मान गरेको हो।
बोर्डले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको वर्गीकरण गर्दै पदक प्राप्त गर्ने खेलाडीहरूलाई पदक अनुसार नगदसहित सम्मान गरेको हो। कार्यक्रममा बोर्डले एसबिआई प्रथम पहिलो दृष्टिबिहीन महिला क्रिकेटमा दोस्रो स्थान हासिल गर्ने कोशी प्रदेशका खेलाडीद्वय प्रतिभा राई र सुनिता भुजेललाई १ लाखसहित सम्मान गरेको हो । त्यस्तै, प्रतियोगितामा महिला टोलीका प्रशिक्षक उदयपुरका नरेन्द्र निरौलालाई २५ हजारसहित सम्मान गरेको थियो।
कार्यक्रममा राष्ट्रिय कुस्ती प्रतियोगिता, ३० औँ पुरुष र ११ औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता, ४६ औँ नेशनल एथलेटिक्स च्याम्पियनसिप प्रतियोगिता ,२० औँ राष्ट्रिय जुडो प्रतियोगिता, २५ औँ राष्ट्रिय आई।टि।एफ। तेक्वान्दो प्रतियोगिता, एनएसए कप पौडी च्याम्पियनसिप, राष्ट्रिय बुद्धिचाल प्रतियोगिता, नेकोस राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता, ४२ औँ राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा कास्य, रजत र स्वर्ण पदक विजेता खेलाडीहरूलाई क्रमशस् जनही १५ हजार, २५ हजार र ५० हजारसहित सम्मान गरिएको थियो। उक्त खेलहरूका प्रशिक्षक र व्यवस्थापकहरूलाई समेत जनही १० हजारसहित सम्मान गरिएको थियो।
त्यस्तै, राष्ट्रिय यु( २० एथलेटिक्स च्याम्पियनसिपलगायत जुनियर विधाको प्रतिस्पर्धामा कास्य पदक विजेतालाई ६ हजार र रजत पदक विजेतालाई ८ हजार सम्मान गरिएको बोर्डका सदस्य सचिव विप्लव घोषले जानकारी दिए।
घोषले दुबईमा सम्पन्न एसियाली युथ पारा गेम्स अन्तर्गतको टेबलटेनिसको यु(२३ सिंगल्स९ क्लास ७० प्रतियोगितामा रजत पदक प्राप्त गर्न सफल स्वीकृत न्यौपानेलाई समेत ५० हजार नगदले सम्मान गरिएको बताए।
१३ अग्रज खेलकर्मी, ५ खेलकुद पत्रकारलाई सम्मान
सम्मान कार्यक्रममा बोर्डले कोशी प्रदेशमा बसोबास गर्दै प्रदेश तथा राष्ट्रको खेलक्षेत्रमा योगदान गरेका अग्रज खेलकर्मीलाई समेत सम्मान गरेको थियो।
कार्यक्रममा भारोत्तोलनका पार्थ सारथी सेन गुप्ता, खेलकर्मी गणेशप्रसाद दुलाल, एथलेटिक्सका नारायण यादव र नारायणबहादुर प्रधान, ब्याडमिन्टनका उदयकुमार अर्याल, तेक्वान्दोका कुलबहादुर गुरुङ, टेबलटेनिसका विकेन थापालाई सम्मान गरिएको थियो। त्यस्तै, फुटबलका मनिष तिम्सिना र भगिरथ आले , कराँतेका कुविरमान राई र कुशल श्रेष्ठ, जुडोका गंगाबहादुर खड्का र आईटिएफ तेक्वान्दोका राजेन्द्र धिमाललाई सम्मान गरिएको सदस्यसचिव घोषले बताए। अग्रज खेलकर्मीहरूलाई जनही २५ हजारसहित सम्मान गरिएको थियो।
घोषले कार्यक्रममा खेलपत्रकारहरू मोरङका विनोद भण्डारी, सुनसरीका अर्जुन सुवेदी र अमर काफ्ले, ओखलढुंगाका नवराज कार्की, इलामका नमिन ढकाललाई प्रदेशको खेलक्षेत्रको विकास, विस्तार र प्रगतिमा योगदान गरेबापत सम्मान गरिएको जानकारी दिए। पत्रकारहरूलाई जनही ११ हजारसहित सम्मान गरिएको थियो।
त्यस्तै, नेपाली क्रिकेट टोलीका व्यवस्थापक अर्जुन पौडेल, बोर्डका कर्मचारी मध्ये उत्कृष्ट कार्यक्रम प्रमुख विमल पोखरेल, राजीव सुवेदी र नरकुमार बस्नेतलाईसमेत जनही १० हजारसहित सम्मान गरेको थियो।
सम्मानित खेलकर्मी, पत्रकारहरूलाई बोर्डका अध्यक्ष तथा सामाजिक विकास मन्त्री रामप्रसाद मेहता, उपाध्यक्ष वसन्तराज अर्याल, सदस्य सचिव घोषलगायतले सम्मानपत्र र रकम हस्तान्तरण गरे।