पूर्वाञ्चल खबर

कार्यक्रमको उद्घाटन विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले वर्तमान समयमा प्रविधिको सही प्रयोग गर्दै सीप र संस्कारसहितको शिक्षा हासिल गर्नुपर्नेमा जोड दिइन् । उनले विद्यार्थीहरूलाई केवल किताबी ज्ञानमा मात्र सीमित नभई व्यावहारिक र नैतिकवान् बन्न आग्रह गरिन् ।
कलेजका प्रिन्सिपल दिनेश दाहालले नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै ग्रिनल्याण्ड कलेजले सधैँ गुणस्तरीय शिक्षा र दक्ष जनशक्ति उत्पादनलाई प्राथमिकता दिँदै आएको बताए । उनले कलेजले विद्यार्थीहरूको चौतर्फी विकासका लागि कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
रविन्द्र घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरूले विभिन्न उत्कृष्ट सांस्कृतिक नृत्य तथा सांगीतिक प्रस्तुतिहरू दिएर सहभागीहरूलाई मनोरञ्जन प्रदान गरेका थिए ।