RUMPUM
animated ellipse animated ellipse

विराटका चार सुरक्षा गार्ड सम्मानित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ बैशाख २०७४, बिहीबार १६:३८
3
Shares
विराटनगर, ७ वैशाख/ विराटनगरमा रहेको विराट गोर्खा सेक्युरीटी प्रा.लि.ले गार्ड कमाण्डरसहित चार जना सुरक्षा गार्डलाई नगदसहित सम्मान गरेको छ ।
विराटनगर आज एक कार्यक्रम आयोजना गरी वर्षभरी उत्कृष्ट सुरक्षा प्रदान गर्ने सुरक्षा गार्डलाई सम्मान गरेको हो । यसरी सम्मानित हुनेहरुमा गार्ड कमाण्डर अर्जुन अधिकारी, विष्णुदेव चौधरी, दुर्गा भूजेल र डेनिस सम्पाङ्ग राई रहेका छन् ।
सम्मानित हुनेहरुलाई विराट गोर्खा सेक्युरीटी प्रा.लि.का निर्देशक रामकुमार श्रेष्ठ, हिमाल सेक्युरीटि प्रा.लि.को प्रमुख रामकुमार कार्कीलगायले कदर पत्र र अविरमाला लगाएर सम्मान गरेका थिए । वर्षभरी सुरक्षा प्रदान गरी जसमध्धे उत्कृष्ट हुने गार्डको मनोबल वृद्धी गर्ने उद्देश्यले उनीहरुलाई सम्मान गरिएको प्रा.लि.का निर्देशक श्रेष्ठले बताए । विराट गोर्खा सेक्युरीटिले मोरङको विभिन्न कलकारखाना, उद्योग, हस्पिटललगायतको विभिन्न निजी संघसंस्थामा सुरक्षा गार्ड पठाएर सुरक्षा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर