उर्लाबारी, ७ बेशाख / उर्लाबारी –९ का ४१ वर्षिय सुमन टुडुलाई बलात्कार को अभियोगमा उर्लाबारी प्रहरीले आज पक्राउ गरेको छ ।
टुडुले स्थानीय ४२ बर्सिय अपांग एक महिलालाई ललाई फकाई गरि जबर्जस्ती करणी गरेको भन्दै उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । टुडुलाई बोल्न नसक्ने अपांग महिलालाई फकाई बारीमा लगि बलात्कार गरेको अभियोग लागेको छ ।
अभियुक्त टुडुलाई आवस्यक कानुनी प्रक्रियाको लागि प्रकाउ गरि थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए ।