AArya
RUMPUM
animated ellipse animated ellipse

क्रिकेट युनाइटेस कपमा बागमती सफलता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ बैशाख २०८३, मंगलवार १५:४०
144
Shares
विराटनगर / नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर–६ स्थित मेरिलेबोन ज्वाला क्रिकेट मैदानमा क्रिकेट युनाइटेस कप–२०२६ मा बागमती प्रदेश विजयी भएको छ ।

क्रिकेट युनाइटेस कपमा बागमती प्रदेशको महिला टिमले विराटनगरको इक्वालिटी कप–११लाई २२ रनले पराजित गर्दै ३ खेलको २०–२० क्रिकेट सिरिजमा १–१ को बराबरी भएको छ । पहिलो खेलमा इक्वालिटी कप–११ ले बागमती प्रदेशलाई ५ विकेटले पराजित गरेको थियो । सिरिजको अन्तिम खेल बुधबार हुने छ ।

टस हारेर ब्याटिङ गरेको पाहुना टाली बागमतीले १९ दशमलव ४ बलमा सवै विकेट गुमाई १ सय १ रनको स्कोर बनाएको थियो । बागमतीकी सविका यादवले २७ रन बनाउँदा प्लेयर अफ म्याच नेपालको पूर्व खेलाडी अस्मिना कर्मचायले अविजित २२ रनको योगदान दिइन् । इक्वालिटी कप–११ की साक्षी यादवले २ विकेट लिँदा सरस्वती चौधरीले पनि २ विकेट लिइन् ।
१ सय २ रनको चुनौती पाएको इक्वालिटी कप–११ ले १८ ओभरमा सवै विकेट गुमाउँदै ७९ रनमा सिमित भयो । इक्वालिटी कप–११ की कप्तान सानु राजवंशीले २६ रन बनाउँदा सुवेक्षा लिम्बुले २४ रनको योगदान दिइन् । बागमतीकी कृष्मा गुरुङले ३ विकेट लिँदा पार्वती खत्रीले पनि ३ विकेट लिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर