AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कोशी प्रदेशमा लागू औषध ब्राउन सुगरसहित १४ जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ बैशाख २०८३, शुक्रबार १६:४५
3
Shares
विराटनगर/मोरङ, झापा, सुनसरी, उदयपुर र इलामबाट लागू औषध ब्राउन सुगर सहित १४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापाको भद्रपुर नगरपालिका ४ को दुई छुट्टा छुट्टै स्थानमा जिल्ला प्रहरी कार्यालय झापा र वडा प्रहरी कार्यालय भद्रपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा १६ ग्राम ५१० मिलिग्राम ब्राउन सुगर सहित बेचबिखनमा संलग्न पाचँथर फिदिमका भीमराज खजुम, राजमान राई, लक्ष्मण लिम्बु र भद्रपुर ५ का सुमन मुखियालाई पक्राउ गरेको छ भने प्रहरी चौकी टाघनडुब्बालेझापा गाउँपालिका ४ बाट शिवसताक्षी नगरपालिका ११ का मदन मिश्रलाई ३ ग्राम ८९ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

त्यस्तै सुनसरीको धरान ८ बाट अस्थायी प्रहरी पोष्ट वरगाछीले सोहि स्थानका तुफान बिश्वकर्मलाई ३ ग्राम ९३० सहित र जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीले कोशी गाउँपालिका १ बाट बराक्षेत्र नगरपालिका ३ का जिवन कार्की, अनिल राजधामी, ईटहरी ७ का राजेश चौधरीर नविन चौधरीलाई २ ग्राम १९ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

यस्तैइलामको इलाम नगरपालिका ९ बाट जिल्ला प्रहरी कार्यालय इलामलेसोही स्थानका सुधिर अधिकारी र निजको श्रीमती पार्वता चौहान अधिकारीलाई १ ग्राम ५ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनीहरुको थप अनसन्धान भईरहेको छ ।

लागू औषध गाँजा र प्रतिबन्धित औषधीसहित २ जनालाई उदयपुर प्रहरीले पक्राउ गरेको छ । उदयपुरको अस्थायी प्रहरी पोष्ट कोठुबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले उदयपुरको बेलका नगरपालिका ८ स्थितबाट प्र -०१-००१ ह १८८१ नम्बरको अटोबाट २७ किलोग्राम गाँजासहित चालक बेलका नगरपालिका ८ का अशोक राईलाई पक्राउ गरेको छ । यसैगरी इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरले विराटनगर महानगरपालिका १५ स्थितबाट निट्राजेपाम ९० ट्याब्लेटसहित मोरङ सुन्दरहरैचा २ का २० वर्षीय सुदिप उराँउलाई पक्राउ गरको छ भने इलाका प्रहरी कार्यालय उर्लावारी मोरङले उर्लावारी ९ का बलबहादुर श्रेष्ठको घरबाट बिभिन्न प्रकारका लागू औषध क्याप्सुल १४० र ४८५ ट्याब्लेट बरामद गरी थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर