AArya
animated ellipse animated ellipse

मलेसियालाई पराजित गर्दै नेपाल आइसिसि टी–२० विश्वकप छनोट खेलको सेमिफाइनलमा प्रवेश

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ कार्तिक २०८०, मंगलवार १६:३१
144
Shares
विराटनगर / मलेसियालाई पराजित गर्दै नेपाल आइसिसि टी–२० विश्वकप छनोट खेलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुर मैदानमा आज भएको खेलमा मलेसियालाई घरेलु टोली नेपालले ६ विकेटले पराजित गर्दै एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको हो ।

मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेट गुमाई सो लक्ष्य भट्टायो । नेपालको जितमा कुशल मल्लले अर्ध सतकीए इनिङ खेले । कुशलले ३४ बलमा ७ छक्का र २ चौका प्रहार गर्दै ६५ रन बनाउँदा कुहल भुर्तेलले २५ बलमा ४ छक्का र ४ चौका प्रहार गर्दै ४३ रन, आसिफ शेखले ३२ रन, सन्दिप जोरा १८ रनमा अविजित हुँदा विवेक यादव २ रनमा अविजित रहे । कप्तान रोहितकुमार पोडेल २ रनमा आउट भए । कलेसियाका मुहमल अमिरले ३ विकेट लिए ।

यस अघि टस जिेतर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १६५ रनको योगफल तयार पारेको थियो । मलेसियाका स्येद अलीले ६८ रन बनाउँदा जुबैदीले २४ रन तथा श्रवीन मुनिअदी र विजय युनी १३–१३ रनको योगदान दिए ।

नेपालका अविनाश वोहराले ४ विकेट लिए । उनले ४ ओभरमा २७ रन दिए । त्यस्तै सन्दिप लामिछाने, गुल्सन झा र कप्तान रोहितकुमार पौडेलले १–१ विकेट लिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर