पूर्वाञ्चल खबर
कलेजले विराटनगरमा आज एक कार्यक्रमको बीच वैशाख १४ गतेदेखि हुने कक्षा १२ का परीक्षा दिने विज्ञान संकायका ४२० जना विद्यार्थीहरूलाई विदाई गरेको हो । उनीहरूलाई आउने परीक्षाको सफलताको शुभकामना दिदै कलेजले विदाई गरेको छ ।
कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल भुवन नेपालले विद्यार्थीहलाई गुणस्तरीय शिक्षा दिएकाले परीक्षामा विद्यालयमा सिकेको कुराहरू उतानुपर्नेमा जोड दिए। सोही अवसरमा हिसानले लिएको वार्षिक परीक्षामा उत्कृष्ट १८ जना विद्यार्थीहरूलाई कलेजले पूर्ण छात्रवृत्ती प्रदान गरेको कछ । सोही अवसरमा विद्यार्थीहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरी भरपुर मनोरञ्जन लिए ।