पूर्वाञ्चल खबर
विभिन्न जिल्लाबाट विराटनगरमा आएर बसेका र पार्टीमा नजोडिएका सेल्टर दाताहरूलाई नेकपा एमाले विराटनगरले खोजी अभियान शुरु गरेको हो ।
मिसन ग्रास रुट अभियान अन्तरगत सेल्टरदाता महानगरपालिका भित्र बसोबास गरेकाले सेल्टरदाताहरूलाई सम्मान गर्न खोजी अभियान शुरु गरिएको एमाले विराटनगर महानगरका अध्यक्ष सागर थापाले बताए ।
उनले धेरै जिल्लाबाट आएर विराटनगरमा सेल्टरदाताहरूलाई बस्नु भएको छ । उहाँहरू पार्टीमा जोडिसक्नु नभएको पनि हुन सक्छ थापाले भने, पार्टी र नेतालाई अफ्ठेरो अवस्थामा सहयोग गर्नेहरूलाई पार्टीले सम्मान गर्छ ।
महानगरसँग सबैको रेकर्ड छैन । रेकर्ड राख्न र अवस्था पत्ता लगाउन पनि सेल्टरदाता खोजी अभियान थालिएको हो ।
उनले महानगर पालिकामा बस्ने सबैभन्दा बढी कर तिर्नेहरूलाई पनि महानगरले सम्मान गर्ने बताए । यसका लागि पार्टीले बढी कर तिर्नेहरूको पनि नामावली सङ्कलन थालेको बताए ।
मिसन ग्रास रुट अभियान अन्तरगत महानगरले जेष्ठनागरिक राष्ट्रका लागि योगदान दिने बिभिन्न क्षेत्रका नागरिकलाई समेत सम्मान गर्ने बताए ।
ग्रास रुट अभियान अन्तरगत विराटनगर महानगरको वडा नम्बर ५ र १२ नम्बरमा विस्तारित भेला र प्रशिक्षण कार्यक्रम समेत सम्पन्न भएको छ ।
मोरङमै ग्रास रुट अभियान अन्तरगत कोसी प्रदेशका बिभिन्न पालिकाहरूमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मोरङको सुन्दर हरै चा नगरपालिकामा अखिल नेपाल महिला सङ्घका कार्यकर्ताहरूलाई प्रशिक्षण दिइएको छ ।
एमाले केन्द्रीय सदस्य मेनका काफ्ले, अनमेसंघ केन्द्रीय सदस्य धना तामाङ, एमाले सुन्दर हरैचा नगरपालिकाका अध्यक्ष मातृका ढकाल,अनेम सङ्घ मोरङ अध्यक्ष टिका भट्टराई चापागाईँले प्रशिक्षण दिएका छन् । प्रशिक्षण कार्यक्रममा नगर स्तरीय कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।