खबर पूर्वाञ्चल
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज अपराह्न नेता कार्यकर्तासहित दमकस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर ओलीले मनोनयन दर्ता गरेका हुन् । ओली यसअघिको निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए ।
यो क्षेत्रमा रास्वपाका वरिष्ठ नेता बालेन साहले पनि उम्मेदवारी दर्ता गराएका छन् । उनी काठमाडौंको मेयरबाट राजीनामा दिएर झापा–५ मा उम्मेदवार बनेका हुन् । ओलीको समर्थक मेनुका काफ्ले र प्रस्तावक रोमनाथ ओली रहेका छन् ।
उम्मेदवारी मनोनयअघि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै एमाले अध्यक्ष ओलीले उम्मेदवारी मनोनयनक्रममा एमालेलाई रास्वपाका कार्यकर्ताले केही डिस्टर्व गर्न खोजेको बताए । उनले शान्तिपुर्ण चुनाव गर्न सरकारको ध्यान जानुपर्ने भन्दै झापाका पाँचवटै निर्वाचन क्षेत्रमा एमाले उम्मेदवार निर्वाचित हुने विश्वास व्यक्त गरे ।
साथै ओलीले झापा ५ मा आफु झण्डै डवल मतान्तरले निर्वाचित हुने दाबी गरे ।