AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

राजेन्द्र राउत नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको दोस्रो कार्यकालकालागि अध्यक्षमा निर्वाचित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ चैत्र २०८२, सोमबार ०८:२६
99
Shares
विराटनगर /विराटनगरका उद्योगी राजेन्द्र राउत नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको दोस्रो कार्यकालकालागि अध्यक्षमा निर्वाचित भएका छन् ।

राउतले विराटनगरमा आइतबार राति सम्पन्न महासंघको ८औँ प्रदेशसभामा अध्यक्षका प्रतिष्पर्धी विराटनगरकै उद्योगी नवीन रिजाललाई ८४ मतान्तरले पराजित गरेका हुन् ।

राउतले १४२ मत प्राप्त प्राप्त गर्दा रिजाल ५८ मत पाए। तीन वर्षअघि झापामा भएको निर्वाचनमा राउत अध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए । राउतले वस्तुगततर्फ ११ मत पाएका थिए भने रिजालले ६ मत पाए । त्यसैगरी जिल्ला–नगर संघबाट राउतले २४ मत पाउँदा रिजाललाई १३ मत मात्रै आयो । एसोसिएट्सतर्फ राउतले १०७ मत ल्याउँदा रिजाल ३९ मतमा सीमित भए । शिवम् अर्गनाइजेसनका अध्यक्ष राउत महासंघ कोशीका संस्थापक सदस्य हुन् । उनको कार्यकालमा प्रदेश कार्यालय भवन निर्माण भइरहेको छ । उनीसँग प्रतिस्पर्धामा होमिएका रिजाल महासंघका केन्द्रीय सदस्य हुन् ।

महासंघ कोशी प्रदेश समितिको नयाँ कार्यसमितिका लागि अध्यक्षबाहेक ४ जना पदाधिकारी निर्विरोध निर्वाचित भएका थिए । अध्यक्षका लागि मात्रै निर्वाचन भएको हो । कार्यसमितिमा राउतकै प्यानलै आएको छ ।

जिल्ला–नगरतर्फको उपाध्यक्षमा ऋषिराज तिम्सिना, वस्तुगततर्फको उपाध्यक्षमा राजन श्रेष्ठ, एसोसिएट्स उपाध्यक्षमा रविनकुमार दाहाल र कोषाध्यक्षमा श्रवणकुमार अग्रवाल निर्विरोध भएका छन् । निर्विरोध भएका सबै पदाधिकारी राउत समूहका हुन् ।

एसोसिएट्स सदस्यमा दुई जना देवकीनन्दन अग्रवाल र भविशकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । जिल्ला-नगरबाट सदस्यमा कृष्णप्रसाद रिजाल, राजु ढुंगाना राजीव, जयप्रकाश शर्मा, हर्कबहादुर श्रेष्ठ र नवीनकुमार चौधरी निर्वाचित भएका छन् । वस्तुगततर्फबाट सुवास आचार्य र दीपक पाण्डे विजयी भएका छन् ।

महासंघ कोशीमा जिल्ला–नगर उद्योग वाणिज्य संघहरुबाट ३८, वस्तुगतबाट १९ र एसोसिएट्सबाट १४८ जना मतदाता थिए । महासंघको नेतृत्व चयनका लागि २०५ जनाले मतदान गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर