AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

घर निर्माण प्रदर्शनी २०८२ मा ५ स्टललाई एक्सिलेन्स अवार्ड

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ चैत्र २०८२, सोमबार १९:१५
90
Shares
विराटनगर / उद्योग संगठन मोरङले घर निर्माण प्रदर्शनी २०८२ मा ५ स्टललाई एक्सिलेन्स अवार्ड प्रदान गरेको छ ।

उद्योग संगठन मोरङले विराटनगरमा आयोजना गरेको घर निर्माण प्रदर्शनीको समापन समारोहमा आज विभिन्न माध्यमबाट छनौट भएका ५ स्टललाई उत्कृष्ट स्टल घोषणा गर्दै एक्सिलेन्स अवार्ड प्रदान गरिएको हो ।

सम्भावना युक्त नयाँ व्यवसायी स्टार्टअप तर्फ हनुमन्ता रर्ग्स प्रालि, उत्कृष्ट स्टल डिजाइन तथा सजावट तर्फ मार्वल टेक्नोप्लास्ट प्रालि, नविन तथा अन्तरक्रियात्मक उत्पादन प्रस्तुति तर्फ विन्डोर सलुसन, दर्शकसँग उत्कृष्ट अन्तर्क्रिया र संलग्नता तर्फ सी।पी। मार्वल्स र दिगो अभ्यास तथा स्थानीय मूल्य योगदान तर्फ बेम्बो आर्किड चेक्चरल सलुसनलाई एक्सिलेन्स अवार्ड प्रदान गरिएको हो ।

उद्योग संगठन मोरङले चैत्र १२ देखि १६ गतेसम्म काठमाडौँ बाहिर पहिलो पटक कोशी प्रदेशको राजधानी विराटनगरको जैन भवनको प्राङ्गणमा घर निर्माण प्रदर्शनीको आयोजना गरेका थिए । घर निर्माण प्रदर्शनीमा ८० भन्दा बढी उद्योगी स्टल रहेका थिए ।

ती मध्ये उपभोक्ताले गरेको अवलोकन र सामाजिक सञ्जाल सहित विभिन्न माध्यमबाट गरेको भोटिङको आधारमा ५ स्टल उत्कृष्ट स्टलमा पर्न सफल भएको थिए । जसको छिनोफानो उद्योग संगठन मोरङका कार्यसमिति सदस्य किरण व्यासको संयोजकमा गठन भएको कार्यदलको निर्णायक समितिले गरेको थियो ।

घर निर्माण प्रदर्शनीमा रहेका ८० भन्दा बढी उद्योगी स्टल मध्ये लुनियाँ ग्रुपको नेमाटो टायल्स मुख्य टाइटल स्पोन्सरको रूपमा सम्मानित भएका छन् ।

कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङथेप, उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी, उद्योग संगठन मोरङका उपाध्यक्ष एवं घर निर्माण प्रदर्शनीका संयोजक सुरेन्द्र गोल्छाले ५ वटै उत्कृष्ट स्टलका प्रतिनिधिलाई उत्कृष्ट एक्सिलेन्स अवार्ड प्रदान गरेका थिए ।

उद्योग संगठन मोरङका कार्यक्रम अधिकृत अशु चौहानलाई उत्कृष्ट कर्मचारीको रूपमा प्रशंसा पत्रले सम्मान गरिएको छ । उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले भव्य रूपमा घर निर्माण प्रदर्शनी पूर्णरुपमा सफल भएको बताए ।

घर निर्माण प्रदर्शनीको समापन समारोहमा कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङथेप र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउतले देशको विषम परिस्थितिमा स्वदेशी उद्योगी उत्पादनको प्रवर्द्धन र सिथिल अवस्थामा रहेको बजारलाई चलायमान बनाउन उद्योग संगठन मोरङले आयोजना गरेको घर निर्माण प्रदर्शनी सराहनीय रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर