AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रदेश प्रमुख खापुङ्ग समक्ष न्यायायिधवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन हस्तान्तरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ मंसिर २०७८, आईतवार १८:०८
342
Shares
विराटनगर / प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङलाई प्रदेश मुख्य न्यायाधिवक्ता कार्यालयले आव २०७७–७८ बार्षिक प्रतिवेदन आज वुझाइएको छ ।

प्रदेश प्रमुख खापुङ्गलाई मुख्य न्याधाधिवक्ता भोजराज श्रेष्ठले उक्त प्रतिवेदन वुझाएका हुन् । मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाका अन्य शर्त सम्वन्धी ऐन २०७५ को दफा १२ वमोजित उक्त प्रतिवेदन वुझाइएको छ ।

प्रदेश प्रमुख खापुङ्गले प्रतिवेदन वुझ्दै सङ्घीयता कार्यान्वयनमा सबैको सहयोग आवश्यक रहेको भन्दै यसमा रहेका समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

मुख्य न्यायाधिवक्ताको कार्यालयले आव २०७७÷७८ मा ४५ बटा मुद्दा दर्ता भएकोमा यस सोही वर्ष ३५ बटा फर्छौट हुनुका साथै आव २०७६–७७ को ४८ सहित ५८ मुद्धा फर्छौैट हुन बाँकी रहेको प्रतिवेदनमा उल्लेख रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर