पूर्वाञ्चल खबर
हिजो विहान पक्राउ परेका ओली र लेखकलाई आज जिल्ला अदालत काठमाण्डौमा उपस्थित गराइएको थियो। ओलीको स्वास्थ्यका कारण उनलाई भर्चुअल उपस्थित गराइएको थियो।
काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले आज प्रहरीलाई अनुसन्धानका लागि अनुमति दिएको हो । सरकारी वकिल कार्यालयले उनीहरूलाई १० दिन हिरासतमा राख्न माग गरे पनि अदालतले प्रारम्भिक रूपमा ५ दिनको मात्रै अनुमति दिएको छ ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको दमनबारे छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई फौजदारी मुद्दामा कारबाही गर्न सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा प्रहरीले हिजो दुवै जनालाई पक्राउ गरेको थियो ।
अब प्राप्त म्यादभित्र प्रहरीले घटनासम्बन्धी थप प्रमाण संकलन, बयान र अनुसन्धान प्रक्रिया अघि बढाउनेछ । ओली र लेखक पक्राउ परेपछि नेपाली राजनीतिमा नयाँ तरंग सिर्जना भएको छ ।