पूर्वाञ्चल खबर

कम्पनीका अनुसार यस केवलमा आगलागीको अवस्थामा हानिकारक कालो धुवाँ ननिस्कने, शर्ट सर्किटको सम्भावना न्यून रहने तथा आगलागी फैलिने जोखिम कम हुने विशेषता रहेका छन्। साथै, १०५ डिग्री सेल्सियससम्म तापक्रम सहन सक्ने क्षमता भएको यस केवल लामो समयसम्म प्रयोग गर्दा पनि गुणस्तरमा कुनै ह्रास नआउने दाबी गरिएको मार्केटिङ मेनेजर सन्तोष सापकोटाले बताए।
राठी केवलले नेपालका केवल उत्पादक कम्पनीहरूमध्ये पहिलो पटक मिडियम भोल्टेज कभर कण्डक्टर केवलको आपूर्ति तथा वितरण गर्न सफल भएको पनि जनाएको छ। यस उपलब्धिले कम्पनीको प्राविधिक क्षमता र विश्वसनीयता अझ सुदृढ भएको संकेत गरेको छ।
कम्पनीले देशभर सुरक्षित, दीर्घकालीन र वातावरणमैत्री विद्युत समाधान उपलब्ध गराउने उद्देश्य राखेको जनाएको छ। घरायसी प्रयोगदेखि ठूला निर्माण परियोजनासम्म आवश्यक पर्ने सम्पूर्ण प्रकारका तारहरू एकै स्थानबाट उपलब्ध गराउँदै आएको राठी केवल नेपालकै आइएसओ प्रमाणित विश्वसनीय कम्पनीका रूपमा स्थापित भइसकेको छ।