RUMPUM
animated ellipse animated ellipse

जोखिम व्यवस्थापन सम्वन्धि मिडिया अन्तरक्रिया

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ बैशाख २०७४, सोमबार १९:३८
3
Shares
विराटनगर, ४ बैशाख / वालवालिका केन्द्रीत विपद् जोखिम व्यवस्थापन सम्वन्धि दुुई दिने मिडिया अन्तरक्रिया कार्यक्रम आज विराटनगरमा सम्पन्न भएको छ ।
विपद् आउँदा वालवालिकाहरुलाई जोखिमवाट कसरी वचाउन सकिन्छ भन्ने उदेश्यले गरिएको अन्तरक्रिया कार्यक्रममा मोरङ तथा सुुनसरी जिल्लाका २० जना संचारकर्मीको सहभागिता थियोृ ।
अन्तरक्रिया कार्यक्रममा जोखिम व्यवस्थापनमा संचारकर्मीको भुमिका वारे वरिष्ठ पत्रकार तिर्थ कोइरालाले सहजिकरण गरेका थिए । पत्रकार कोइरालाले जोखिम व्यवस्थापगर्न संचारकर्मीको भुुमिका वारे चर्चा समेत गरे ।
नेपाल पत्रकार महासंघ मोरङ, नेपाल पत्रकार महासंघ सुुनसरीको आयोजनामा तथा प्लान नेपाल र फरवार्ड नेपालको सहयोगमा कार्यक्रम भएको हो ।
फरवार्ड नेपालकी प्रतिष्ठा थापा र जयप्रकाश चौधरीले कार्यक्रम माथी प्रकास पारे । मोरङ र सुुनसरी जिल्लाका विभिन्न विद्यालयमा वालवालिका विपद् जोखिम व्यवस्थापन कार्यक्रम संचालन हुुदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर