पूर्वाञ्चल खबर
पक्राउ पर्नेमा मृतकका जेठाजु ४६ वर्षीय दिपेन्द्र साह रहेका छन् ।
मोरङ प्रहरीका प्रवक्ता एवं डिएसपी लिलाराज लामिछानेका अनुसार, दिपेन्द्रले भाई रोशनलाई शव व्यवस्थापनमा सहयोग पुर्याएको देखिएको छ । हत्यापछि शवलाई सिटी सफारीमा राखेर फाल्न सहयोग गरेको भन्दै उनलाई मतियारको रूपमा पक्राउ गरिएको हो । उनलाई कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
यसअघि प्रहरीले कोमलकुमारीका श्रीमान् रोशन साहलाई हत्या आरोपमा पक्राउ गरिसकेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान र बयानका क्रममा रोशनले परपुरुषसँगको सम्बन्धुलाई लिएर श्रीमतीको हत्या गरेको स्वीकार गरेका छन् ।
घटना विवरण अनुसार, गत चैत ६ गते मध्यरातमा रोशनले श्रीमतीको हत्या गरेका थिए । हत्यापछि उनले घरदेखि करिब ४ किलोमिटर पूर्व विराटनगर-१७ स्थित छाला फ्याक्ट्री नजिकैको कल्भर्टमुनि शव फालेका थिए । घटनाको खुलासा भने चार दिनपछि गत मंगलबार मात्र भएको थियो ।
शव भेटिएको चार घण्टाभित्रै अभियुक्त पक्राउ गर्न सफल भएको प्रहरीले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । इलाका प्रहरी कार्यालय रानीले मोरङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी दुवै जनामाथि कर्तव्य ज्यान मुद्दामा विस्तृत अनुसन्धान सुरु गरेको छ ।