पूर्वाञ्चल खबर
नेपालभाषातथा सांस्कृतिक संघ ‘झीपुचः’विराटनगरले आज विराटनगरमा आयोजना गरेको विशेष समारोहमा लाछिलाई दुई लाख रुपैयाँ राशिसहित उक्त सम्मान प्रदान गरिएको हो । समाजसेवी सुदर्शनबहादुर श्रेष्ठ र उनकी धर्मपत्नी कपिला श्रेष्ठको नाममा स्थापना गरिएको ‘सुदर्शन–कपिलाट्रष्ट’मार्फत प्रदान गरिने यो सम्मान नेपाल भाषा, कला र संस्कृतिको संरक्षणमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तित्वलाई प्रदान गरिँदै आएको छ ।
कार्यक्रममा कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । उनले दोसल्ला ओढाएर नगद दुई लाख रुपैयाँ र सम्मानपत्र प्रदान गर्दै लाछिको योगदानको प्रशंसा गरे ।
समारोहलाई सम्बोधन गर्दै मन्त्री पराजुलीले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषता बोकेको देश भएको उल्लेख गरे । उनले विभिन्न जातजातिको भाषा, संस्कृति, कला र परम्पराले नेपालको पहिचानलाई समृद्ध बनाएको बताए । ‘नेपाल सांस्कृतिक दृष्टिले विश्वमै समृद्ध मुलुकहो,’उनले भने, ‘यस्ता मौलिकभाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा सरकारी तथा सामाजिक संस्थाहरूले अझ सक्रिय भूमिका खेल्न आवश्यक छ ।’
कार्यक्रमका आयोजक झीपुचःका अध्यक्ष शरद श्रेष्ठले गणेशराम लाछिले नेपालभाषा, नेवारी कला तथा सांस्कृतिक परम्पराको संरक्षणमा दीर्घकालदेखि निरन्तर योगदान दिँदै आएकाले उनलाई सम्मान गरिएको जानकारी दिए । उनले झीपुचःले नेवारी संस्कृति र परम्पराको संरक्षणमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको पनि बताए ।
उनका अनुसार ‘सुदर्शन–कपिला सिरपा’ सम्मान हरेक दुई वर्षमा एक पटक प्रदान गरिने व्यवस्था रहेको छ । ट्रष्टमार्फत प्रदान गरिने यो सम्मानले भाषा, कला, संस्कृति र सांस्कृतिकअभियानमा सक्रियव्यक्तित्वलाई प्रोत्साहन पु¥याउने अपेक्षा गरिएको छ ।
यसअघिउक्त सम्मान वरिष्ठ संस्कृतिविद सत्यमोहन जोशी, भारतको सिक्किमस्थित नेवार गुठी तथा पोखरास्थित नेवाखल कास्कीलाई प्रदान गरिएको थियो ।
समारोहमा दबुली नेपालका अध्यक्ष सन्तोष प्रजापति, संस्कृतिविद सूर्यनारायण प्रधान, झीपुचःका संरक्षक राजन श्रेष्ठ, संस्थाका पूर्व अध्यक्ष हरिबहादुर श्रेष्ठ र भविसकुमार श्रेष्ठ, सुदर्शन–कपिला ट्रष्टका प्रवक्तासमेत रहेका झीपुचः का वरिष्ठ उपाध्यक्ष सुरेशलालश्रेष्ठलगायतले पनि आ–आफ्नो धारणा राखेका थिए। वक्ताहरूले नेपालको मौलिक भाषा, संस्कृति र परम्पराको संरक्षणकालागि संघीय, प्रदेश र स्थानीयतहका सरकारले समन्वयात्मक रूपमा काम गर्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रमकै अवसरमा लेखक दिनेश श्रेष्ठसहितको सम्पादनमा तयार गरिएको स्मारिकाको विमोचनसमेत गरिएको थियो । उक्त स्मारिकामा नेपाल भाषा, नेवारी संस्कृति, कला र परम्परा सम्बन्धी विभिन्न अनुसन्धानात्मक तथा सिर्जनात्मक सामग्री समेटिएको आयोजकले जनाएको छ ।
समारोहलाई सांस्कृतिक रूपमा समेत समृद्ध बनाउने उद्देश्यले कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए। कलाकार अन्नपूर्ण चरिया नृत्य समूहकी नृत्य कलाकार सृविका गुभाजुले प्रस्तुत गरेको चरिया नृत्यले उपस्थितदर्शकलाई विशेष आकर्षित गरेको थियो ।
नेपाल भाषा तथा सांस्कृतिक संघ झीपुचः विराटनगरले विगतदेखि नै नेवारी भाषा, कला, संस्कृति तथा परम्परागत सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनकालागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । संघले सांस्कृतिक सम्मान, साहित्यिक गोष्ठी, सांस्कृतिक प्रस्तुति तथा स्मारिका प्रकाशन जस्ता गतिविधिमार्फत नेपाल भाषा र नेवारी संस्कृतिलाई राष्ट्रियस्तरमा परिचित गराउने प्रयास गर्दै आएको जनाएको छ ।