AArya
RUMPUM
animated ellipse animated ellipse

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ फाल्गुन २०८२, शुक्रबार ०८:५३
135
Shares

विराटनगर /पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।

ओलीका बुवा मोहनप्रसादको ९७ वर्षको उमेरमा गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको हो ।

केही दिनयता अस्वस्थ रहेका मोहनप्रसाद गठ्ठाघरस्थित छोरीको निवासमा बस्दै आएका थिए । गएराति अप्ठ्यारो महसुस भएपछि उनलाई अस्पताल पुर्‍याइएको थियो ।

अस्पतालमा उपचारको क्रममा उनको निधन भएको एमाले अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।उनको पार्थिक शरीर भक्तपुरस्थित अध्यक्ष ओली निवास गुण्डु लगिने र पशुपतिस्थित आर्यघाटमा आजै दाहसंस्कार हुने सचिवालयले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर