विराटनगर, ३ बैशाख / मोरङ जिल्ला फुटबल संघको आयोजनामा आज देखि विराटनगरमा जिल्ला स्तरीय ए डिभिजन लिग फुटबल प्रतियोगिता सुरु भएको छ ।
विराटनगरस्थित डिपिएस स्कूलको खेल मैदानमा प्रतियोगिता अन्तरगत रानी युवा क्लब र युनाइटेड स्पोर्टिङ क्लबबिच भएको पहिलो खेल गोल रहति बराबरीमा टुङ्गीएको छ । निर्धारित समयसम्म दुवै समुहले गोल गर्न नसकेपछि समान एक–एक अंक बाढेका छन् ।
त्यस्तै दोश्रो खेलमा मोती राम स्पोर्टिङ क्लबले त्रीवेणी क्लबलाइ १–० को गोल अन्तरले पराजित गरेको छ ।
सोमबार हुने पहिलो खेलमा मुनाल क्लब र रानी युवा क्लब, त्यस्तै दोश्रो खेलमा साइनो स्पोर्टिङ क्लब र सम्राट स्पोर्टिङ क्लब बिच प्रतिष्पर्धा हुने छ । प्रतियोगितामा जिल्लाका १४ वटा क्लबहरुको सहभागिता रहेको छ । प्रतियोगिता विराटनगर र बेलबारीमा सञ्चालन भइरहेको छ ।