पूर्वाञ्चल खबर
विराटनगर / विराटनगरस्थित मोडर्न एरा स्कुलले आफ्नो स्थापनाको २५औँ वर्ष (रजत जयन्ती) तथा अभिभावक दिवसको अवसर पारेर आयोजना गरेको ‘मोडर्न एरा लिटिल च्याम्प्स सिजन–४’ आज भव्य रूपमा सम्पन्न भएको छ।
विद्यालय परिसरमा आयोजित उक्त प्रतिस्पर्धामा विद्यार्थीहरूले गायन, नृत्य र मोडलिङ विधामा आफ्नो उत्कृष्ट प्रतिभा प्रदर्शन गरेका थिए।रजत जयन्तीको विशेष अवसरमा विद्यार्थीहरूको आन्तरिक प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको विद्यालयका प्रिन्सिपल इन्द्रकुमार राईले जानकारी दिए ।
गायन विधातर्फ रचना सापकोटा प्रथम, भएकी छिन् । त्यसैगरी कञ्चन कटुवाल दोस्रो र बबिन खतिवडा तेस्रो भइन् । दर्शकहरूको मन जित्दै अन्जल पौडेलले ‘पब्लिक च्वाइस अवार्ड’ प्राप्त गरिन् ।
जुनियर नृत्यतर्फ इभसान माझीले उपाधि जितिन् । अस्मिता कार्की दोस्रो र अन्जना यादव तेस्रो भइन् । यस विधामा सदिक्षा खड्काले ‘पब्लिक च्वाइस अवार्ड’ हात पारिन् ।
सिनियर नृत्यमा अस्मिना बस्नेत प्रथम भइन् । पाल्पासा तिम्सिना र राधिका श्रेष्ठले संयुक्त रूपमा दोस्रो स्थान हासिल गरिन् भने इशिका माझी तेस्रो भइन् । सेशिका काफ्लेले ‘पब्लिक च्वाइस अवार्ड’ प्राप्त गरिन् ।
मोडलिङमा विधातर्फ प्रसिता निरौलाले टाइटल जितिन् । एलिना बस्नेत फस्ट रनरअप, आयशा बजगाईं सेकेन्ड रनरअप र अनिशा थापा थर्ड रनरअप घोषित भइन् । अनु प्रधानले ‘पब्लिक च्वाइस अवार्ड’ प्राप्त गरिन् ।
प्रिन्सिपल इन्द्रकुमार राईले रजत जयन्तीका अवसरमा आयोजित यस्ता कार्यक्रमले विद्यार्थीहरूको आत्मविश्वास बढाउने र उनीहरूलाई पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि दक्ष बनाउने विश्वास व्यक्त गरे ।